अब तपाइको फोनको कुरा हुनेछ रेकर्ड: सरकारले दियो अधिकार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब तपाइको फोनको कुरा हुनेछ रेकर्ड: सरकारले दियो अधिकार



काठमाडौं- सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ ।

विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ ।

संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा ब्यापक परिवर्तन गर्न लागिएको छ ।

विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिबको नेतृत्वमा दुई समिति हुनेछन् ।

फोन इन्टरसेप्सनको अधिकार
विभागलाई पहिलो पटक फोन इन्टरसेप्सनको (गोप्य रुपमा टेलिफोन कुराकानी रेकर्ड) को अधिकार समेत दिन लागिएको छ ।

विधेयकको १० मा यससम्बन्धी व्यवस्था छ । दुरुपयोग हुनसक्ने र नागरिकको गोपनियताको हक हनन् हुनसक्ने भएकाले यो अधिकार भने विवादित समेत हुन सक्ने देखिएको छ । नयाँ पत्रिका दैनिकबाट