क्यामरुनमा ट्याङ्कर र बस ठोक्किए: आगलागी हुँदा कम्तीमा ५३ को मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्यामरुनमा ट्याङ्कर र बस ठोक्किए: आगलागी हुँदा कम्तीमा ५३ को मृत्यु



एजेन्सी- क्यामरुनमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र बस ठोक्किएर भएको आगलागीबाट ठुलो क्षति भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आगलागी बाट कम्तीमा ५३ जनाको मृत्यु भएको छ। बुधबार पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बसमा समेत आगलागी भएको थियो ।

स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने, ‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा छ, उनीहरूको पहिचान गर्न सकिएको छैन।’

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको हाे। जलेकाे बसमा ७० सिट थिए।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हाे।

सरकारी अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले गाडी नियन्त्रण गर्न नसक्दा बससँग ठाेक्किएकाे हुन सक्ने प्रारम्भिक अनुमान छ। एजेन्सी