क्यान इन्फोटेक मेला बैशाख २८ देखि: विद्यालयको सिफारिसमा विद्यार्थीलाई नि:शुल्क - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्यान इन्फोटेक मेला बैशाख २८ देखि: विद्यालयको सिफारिसमा विद्यार्थीलाई नि:शुल्क



काठमाडौं- २७ औँ क्यान इन्फोटेक मेला २०७८ साल बैशाख २८ गतेदेखि सुरू हुने भएको छ । कोरोना महामारीका कारण केहि ढिला भएपनि यसवर्ष क्यान इन्फोटेक विशेष हुने आयोजकको दाबी छ ।

कम्युटर एशोसिएसन नेपाल महासंघले आईतबार पत्रकार सम्मेलन गरी मेला बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडाैंको भृकुटीमण्डपमा हुने जानकारी गराएकाे छ ।

कोरोना त्रासका कारण यो वर्श भने मेलाको टिकट पेपरलेस बनाइने भएको छ । महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजक संस्थाले जनाएको छ ।

क्यान मेला प्रवेश टिकटलाई याे वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा नि:शुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।

यो पटकको क्यान इन्फोटेक मेलामा तीन लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो ।

क्यानले विगत २० वर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।