क्यानडाका लागि H.P.P.R नियुक्त भए लगत्तै नरबहादुर टण्डनले आफ्नो जिम्मेवारीलाई कुसलताका साथ पुरा गर्दै - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

क्यानडाका लागि H.P.P.R नियुक्त भए लगत्तै नरबहादुर टण्डनले आफ्नो जिम्मेवारीलाई कुसलताका साथ पुरा गर्दै



समीर प्रकाश पाण्डे

म नेपाली हु र म मेरो देश नेपाललाई धेरै माया गर्छु भन्नेहरु धेरै भेटि्न्छन तर देशको माटाेकाे लागि मरी मेट्नेहरु अत्यन्त कम हुन्छन्। त्यही कम मान्छेहरू को भिडमा एउटा सिङ्गो नेपाललाई आफ्नो काधमा बोकेर कहिले अमेरिका त कहिले क्यानडाका विभिन्न राज्यहरू हिँड्ने एक युवा को नाम हो नरबहादुर टण्डन। दाङ हलवार ७ लामिदमार घर भई विगत केही वर्ष देखी क्यानडा र अमेरिकाका विभिन्न राज्य मा ट्रक ड्राइभर का रूपमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको प्रचार गर्दै आउनु भयका टण्डनले नेपालकाे प्रर्यटन विकास को लागी १४अञ्चल मा प्रर्यटन सूचना केन्द्र स्थापना गर्नु भएको छ ।

विगत १२बर्ष देखि क्यानडा लाई आफ्नो कर्म थलो बनाउँदै आयका नरबहादुरले आफूले चलाउनी ट्रक को बहिरि भागमा नेपाल का प्रर्यटकिय दृश्यहरू फेवाताल , पशुपतिनाथ , सगरमाथा , बौद्ध स्तुप ,लागयत का तस्बिरहरू ट्रकमा टासेका छन् । जस्का कारण उक्त ट्रक मा आखाँ लगायर यो के हो भन्ने प्रश्न गर्नेहरु लाई नेपालको प्रचार प्रसार गर्दै नेपाल को भ्रमण गर्न समेत आग्रह गर्दै आउनु भएको छ । नेपाल र नेपाली प्रति निस्स्वार्थ पूर्ण भावले काम गर्दै आउनु भएको तण्डन आफ्नो काम र कर्तव्यलाई पूरा गर्न खप्पिस छन् । तण्डन काे काम देखेर हौसला देखेर नेपाल सरकारले २०१६ मे १९ मा उहाँलाई क्यानडाका लागी प्रर्यटन दुतमा नियुक्ति गर्दै थप जिम्मेवारी थपेको छ ।

क्यानडाका लागी H.P.P.R नियुक्ति भय लगत्तै टण्डनले आफ्नो जिम्मेवारी लाई कुसलताका साथ पुरा गर्दै आएका छन् । क्यानडामा हुनि विभिन्न कार्यक्रमहरूमा नेपाल को प्रतिनिधित्व गर्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका टण्डनको

संयोजक्त्यो मा यही आउदो मे २५/२८/२९ मा क्यानडामा पहिलो पटक हुने मल्दी कल्चर फेस्टिबलमा नेपालको पर्तिनिधित्व गर्दै नेपालले भाग लिने भएको छ । क्यानडाकाे सिमिसागरमा हुने उक्त कार्यक्रम मा नेपालीले र्यालि सहित नेपालको पन्चेबाजा नेपाली भेषभुसा झाक्रि नेपाली परिवार सहित नेपाल को कला सस्कृतीलाई प्रर्दशन गरिने नरबहादुर तण्डनले बताएका छन् ।साथै जुलाई को ८/९ र १० मा पनि क्यानडाकाे ब्रामाटाेनमा मल्त कल्चर कार्यक्रम मा पनि भाग लिने बताएका छन्। यस्तो त आफ्नो देश नेपाल लाई मुटु भन्दा धेरै माया गर्ने टण्डन देश पर्ती अगाध माया भय विश्वको जुन सुकै कुनामा रहेपनी देश को सेवा गर्न सकिने बताउछन । यति मात्रै होइन अत्यन्तै कोमल मन भयका टण्डनले नेपाल का विभिन्न सङ्घ संस्था समस्या मा परेका व्यक्तिहरू लाई समेत आर्थिक सहयोग गर्दैआएका छन् ।