राती निन्द्रा लाग्दैन ? या अचानक निन्द्रा खुल्छ !कारण यस्तो छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राती निन्द्रा लाग्दैन ? या अचानक निन्द्रा खुल्छ !कारण यस्तो छ



राती निन्द्रा लाग्दैन ? या फेरी अचानक निन्द्रा खुल्छ भने यसको नयाँ कारण पत्ता लागेको छ ।

वैज्ञानिकहरुका अनुसार, जीवनभरी निन्द्रा नलाग्ने समस्या रहनुका पछाडि जीनमा हुने उत्परिवर्तन हो ।

अमेरिकाको रकफेलर विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार, जीवन सिआरवाई का अलग अलग प्रकारहरु आन्तरिक जैविक समय (बायलोजिकल टाइम) लाई कम गरिदिन्छन् ।

यो जैविकीय समयले रातीको समयमा निन्द्राको अवस्था र बिहान उठेपछि हामीलाई नियन्त्रित गर्ने काम गर्दछन् ।

तर यस प्रकारको जीन उत्परिवर्तन अर्थात् म्युटेशन केही खास मानिसमा मात्रै किन हुन्छ भन्ने कुरा भने अझै खुल्न सकेको छैन । अन्यथा, संसारका केही मानिसमा मात्रै राती निन्द्रा नपर्ने या निन्द्रासम्बन्धी समस्या हुने गर्दछ ।

कतिपय अनुसन्धानमा जीवनशैलीका कारण निन्द्रामा समस्या आउने तथ्यहरु अगाडि सारिएका छन् । यो अनुसन्धानमा भने जीन म्यूटेशनको सामान्य अवस्था नहुँदा निन्द्रा असन्तुलित हुने तथ्य बताइएको छ ।

मनोवैज्ञानिकहरु भने जैविकीय पक्षहरुलाई कतिपय अवस्थामा नियन्त्रणमा राख्न नसकिने भएकोले सामाजिक र अन्य वातावरण स्वस्थपरक हुनुपर्नेमा जोड दिन्छन् । शरीरको तापक्रम नियन्त्रण गर्ने, रक्सी नखाने, सुत्दा पानी कम खाने, शिफ्टमा काम गर्दा त्यही अनुसारको निन्द्राको सन्तुलन मिलाउने, कोठाको तापक्रममा सन्तुलन जस्ता उपायहरु उनीहरुले सुझाव दिएका छन् ।