सि.ए. अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हैदराबादमा सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सि.ए. अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हैदराबादमा सम्पन्न



नयाँ दिल्ली /माघ १ 
गत साता (७ र ८ जनवरी) भारतको हैदराबादमा सिए अध्ययनरत बिद्यार्थीहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न भएको छ । “ज्ञान्आर्जन थ्रष्ट फर नलेज” (Gyanarjaan Thirst For Knowledge) मुख्य नाराको साथ भारतिय सिए इस्टिट्युट आइ सिए आइको आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाट्न तेलङगना राज्य कि एम पि तथा मन्त्री कविता तथा आइ सि ए आइ अध्यक्ष देवराज रेड्डीले गर्नुभएको थियो । उक्त सम्मेलनमा श्रीलंका, बङ्ग्लादेश तथा भारतका सिए ईन्स्टिच्युटबाट प्रतिनिधिहरू उपस्थित थिए। नेपालको आइक्यानको तर्फबाट कोहि उपस्थित नभएपनि भारतमा अध्यनरत नेपाली बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।
उक्त कार्यक्रममा विभिन्न देशबाट तीन हजार भन्दाबढि सिए बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । विभिन्न अर्थ सम्बंधी बिषयहरुमा मन्थन गरिने उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय बिषयहरुमा छलफल भएको थियो । उक्त कार्यक्रमका विभिन्न सेसनका बक्ताहरु विभिन्न देशमा सिए अध्यायनरत सिए बिद्यार्थीहरुबाट सम्बन्धित बिषयमा लेख तथा भिडियो प्रस्तुतिको लागि छ्नोट गरिएको थियो।
जस मध्य श्रीलंकाबाट एकजना, भारतका विभिन्न ठाउँबाट सत्र जना त्यसैगरि भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थी रानिबास -६, सुर्खेत, नेपाल निवासी प्रदीप सागर रोकाय पनि उक्त कार्यक्रमका बक्ता बन्न सफल भएका थिए ।

उनले”बिश्व अर्थतन्त्र तथा सिएको सम्भाब्य” बिषयमा आफ्ना बिचार राखेका थिए । यो स्वतन्त्र प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय सम्मेलनको लागि नेपाली सिए बिद्यार्थी बक्ता भएको पहिलो पटक हो ।