न्यायीक अधिकारका डकुमेन्ट शुरक्षित राखाैँ- अधिवक्ता लामिछाने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

न्यायीक अधिकारका डकुमेन्ट शुरक्षित राखाैँ- अधिवक्ता लामिछाने



पुजा पन्थी/ बुटवल । स्थानिय तहको न्यायिक अधिकार कार्यान्वयन बिषयमा अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
 
कानुन तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजना र युके एड, सर्च फर कमन ग्राउन्ड र सिद्धार्थनगर नगरपालिकाको संयुक्त  सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
 
न्यायिक समिति, प्रहरी र मेलमिलाप केन्द्र बिच कसरी समन्वय स्थापन गर्न सकिन्छ भन्ने उदेश्यले  कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
 
कार्यक्रममा अधिवक्ता मित्रलाल लामिछानेले न्यायिक समिति संयोजक लगायतले गर्नुपर्ने कार्यहरूको बारेमा बताएका थिए ।कार्यक्रममा बोल्दै उनले भने –‘न्यायकि समितिले समाधान गरेका समस्याको फाईल शुरक्षित राख्नु पर्छ किनकी हामी दुर दृष्टि सोचेर काम गर्नुपर्छ ।’
महिलाले अदालतमा पाउने जति अधिकार पुरुषहरुलेपनि भदौ १ गतेबाट लागु गर्ने बताउँदै महिलाबाट पुरुष हिंसामा परेका आउनु पर्ने र पाएको सुबधिा उपभोग गर्न समेत उनको शुझाब छ ।
 
कार्यक्रममा नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले सिद्वार्थनगर नगरपालिकाका जनताले बहुमतले बिजय गराएको सम्झदैँ वडाका जनप्रतिनिधिमा बढि बिश्वास रहेकोले सबै कुराहरु नगरपालिकामै नपठाई वडाबाट हुने कार्य सहजताका साथ कार्य गर्ने आग्रह गरे । उनले सिधै नगरपालिका पठाउँदा काम गर्न नसक्ने रहेछ भन्ने जनताको बुझाई हुने भएकोले सतर्क रहेर जनतालाई न्याय पु¥याउन काम समन्वय गर्न आग्रह गरे ।  
 यस्तै न्यायिक समिति नगर संयोजक तथा नगरपालिका उपप्रमुख उमा काफ्लेले बोल्दै नगरपालिकामा आएका केही मुद्दाहरु कानुनको अभावमा अदालको बिकल्प नभएको बताईन । केही कुरामा अझै पनि स्थानीय तहमा अधिकार अझै नपुगेको बताईन् ।
कार्यक्रममा बोल्दै सेलर्ड संयोजक राधा भट्टराईले स्थानीय तहलाइए क्षेत्राधिकार दिई सकेता पनि जनसमुदायमा अझै पनि प्रहरीको मा गएर मात्र विवाध समाधान हुन्छ भन्ने जुन सोचाइ छ त्यसलाई परिवर्तन गर्नका लागि स्थानीय निकायबाट नै स्थानीय विवाद समाधान हुन्छ भनि सोच विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
यस्तै अधिवक्ता हिमा न्यौपानेले अबको दिनमा अदालत सम्म नगई न्यायिक समितिमा आएर मेलमिलाप गरेमा २ पक्ष बिचको सम्बन्ध नबिग्रने बताइन । उनले अदालत सम्म पुग्दा खर्च धेरै हुने बताउँदै उनीहरुले मेलमिलाप कर्ता मार्फत जाँदा धेरै कुरामा सजिलो हुने बताउँदै अदालती प्रक्रियाको बारेमा पनि सहजता सिर्जना गरीने बताईन् ।
 
सेलर्डले समय समयमा बिपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुच अभिबृद्धि नाराका साथ कार्यक्रम गर्दै आईरहेको छ ।कार्यक्रममा नगरपालिका भित्रका प्रहरी, व्यवसायी, जनप्रतिनिधी लगायतको उपस्थीति रहेको थियो ।