आज चैते दशैं : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आज चैते दशैं : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो



हिमाल पोष्ट / काठमाडौं । मंगलबार चैते दशैं । शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी चैते दशैं मनाइँदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ ।

आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ ।

चैते दशैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

वर्षमा दुई पटक असोज शुक्ल दशमी तथा चैत शुक्ल अष्टमीका दिन मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व छ ।

यस दिन घरघर र देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । चैते दशैंमा जमराको भने प्रयोग गरिंदैन