पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै चक्काजाम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै चक्काजाम



तिलक सुबेदी /बुटवल ।  पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै राष्ट्रिय हिन्दु युवा मञ्च नेपाल द्वारा बुटवलमा ९-१० बजे सम्म एक घण्टा चक्काजाम रहेको छ ।

 

विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहलाई राष्ट्र निर्माताको रुपमा चित्रण गरीए पनि सरकार ले चिन्न नसकेको  संयोजक के.सी बताए ।

शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी ससाना राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए ।

उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।

सरकारले आज सार्वजनिक बिदाको निर्णय पनि गरेको छैन । भने कुनै कार्यक्रमको समेत आयोजना गरेको छैन् । यद्यपि, जनस्तरबाट भने विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।