सरकारसँग चन्द्र ढकालको गुनासो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारसँग चन्द्र ढकालको गुनासो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ग्रील तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले करिब ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पुर्‍याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

“पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक छ,” उनले भने, “८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक छ ।”

उनले सरकारले कुनै अनुदान र पैसाबिना मोरल रुपमा मनोबल बढ्ने कुरामा कन्जस्याँई नगरी प्रोत्साहन गर्न माग गरे ।अध्यक्ष ढकालले पछिल्लो समय व्यवसायी सबैतिर निराशा देखिएको भन्दै अर्थतन्त्रमा सूचकहरू सकारात्मक रहेको भन्दै निराश नहुन आग्रह गरे ।

पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरूको आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको बताए ।