रोचक बन्दै गुल्मी १ को गणना: चन्द्रलाई पछि पार्दै प्रदिपले बढाए मतान्तर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोचक बन्दै गुल्मी १ को गणना: चन्द्रलाई पछि पार्दै प्रदिपले बढाए मतान्तर



गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

मतगणना भइरहँदा उनीहरूको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सुरुवातदेखि लीड गरिरहेका चन्द्र भण्डारी अहिले भने पछि परेका छन् ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय १३ मतको अन्तर रहेको छ ।

भण्डारीले १५ हजार ८ सय ३३ मत पाएका छन् भने ज्ञवालीले १६ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा लगातार ज्ञवालीले जित्दै आएका थिए ।