नेतालाई कानुन लाग्ने हो भने धेरैजसो जेल जान्छन्- चन्द्र भण्डारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेतालाई कानुन लाग्ने हो भने धेरैजसो जेल जान्छन्- चन्द्र भण्डारी



काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए ।

उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।

सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरुमा अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए ।