चन्द्र सिंह तमुको डान्सिङ नम्बर गीत “डिस्को डान्स” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चन्द्र सिंह तमुको डान्सिङ नम्बर गीत “डिस्को डान्स” सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं

नेपाली साङ्गीतिक जगतका एक कुशल कलाकार हुन् चन्द्र सिंह तमु । यिनै चन्द्रको नयाँ गीत “डिस्को “डान्स सार्वजनिक भएको छ सार्वजनिक गीतलाई तमुले निकै मेहनतका साथ बजारमा ल्याएका हुन् ।

यो गीतमा चन्द्रको आफ्नै स्वर/सङ्गीत अनि शब्द रचना रहेको छ । यस्तै तमुले यो गीतको म्युजिक भिडियो पनि निर्माण गरेका छन् ।

निर्माण भएको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन अनि राजिव समरको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

मिलन शङ्कर अनि संधता भट्टराईको अब्बल अभिनय रहेको यस भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने मनोज जोशीले यस भिडियोको पोस्ट प्रोडक्सन हेरेका हुन् ।