४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण



हिमाल पोष्ट / ४ मंसिर, काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।

सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि बरिष्ठ नेतासम्म छन् ।

सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता नेता तथा कार्यकर्तालाई रकम वितरण गर्दै आएको आजको नागरिक दैनिकमा समाचार छ ।

दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल(दुई पटक) माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेका हुन् ।

व्यवस्थापिका संसदको अर्थ समितिले पटक पटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिंदासमेत सरकारले कार्यकर्ता र नेतालाई मनपरी बाँडन छाडेको छैन् ।