चार चर्चित कलाकार एउटैै गीतमा(भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

चार चर्चित कलाकार एउटैै गीतमा(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १९ 

पछिल्लो नेपाली लोक दोहोरी गीत सङ्गीतको क्षेत्रमा चर्चित चार जना गायक गायिकाहरु एउटै गीतमा देखिएका छन् । चर्चित गायक तथा सर्जक पशुपति शर्माको शब्द/लय रहेको “रोधीमा मादलु घन्क्यो, नाचम्ला बुरुक्कै बुरुक्कै, मादलु बजेको सुनेर, सुतेको ज्यान पनि जुरुक्कै” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दर्शक श्रोताले रुचाएका चर्चित लोक दोहोरी गायक/गायिकाहरु “पशुपति शर्मा, राजु ढकाल, देवी घर्ति र जुना श्रीसले” सुमधुर स्वर भरेका छन् भने यस गीतको म्युजिक भिडियोमा समेत आफूहरू चारै जनाले नै अभिनय गरेका छन् ।

बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रवीण भट्टको सम्पादनमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई मगर्स क्रियशन कम्पनी प्रा.लिई. ले उत्पादन गरी आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।