रोचक बन्दै मतगणना- संसदभित्र चार नयाँ दल छिर्ने सम्भावना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोचक बन्दै मतगणना- संसदभित्र चार नयाँ दल छिर्ने सम्भावना



काठमाडौं – आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।

प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हो ।

रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् ।

यस्तै, रेशमलाल आबद्ध उम्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमा छ ।