चार जना नेपालीलाई कोरोना सङ्क्रमण भएको पुष्टि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चार जना नेपालीलाई कोरोना सङ्क्रमण भएको पुष्टि



काठमाडौं- कोरोना भाइरसको संक्रमण अहिलेसम्म चार नेपालीलाई लागेको पुष्टि भएको छ ।

नेपाल र अस्ट्रेलियामा एक एक तथा यूएईमा दुई नेपालीलाई कोरोना लागेको पुष्टि भएको हो ।

नेपालमा कोरोना लागेका व्यक्ति चीनबाट फर्किएका थिए ।

ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

यद्यपि, उनी अहिले पूर्ण स्वस्थ भइसकेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।