फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई सर्वोच्चले दियो न्याय - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई सर्वोच्चले दियो न्याय



काठमाडौँ – एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने एमाले (माधवकुमार नेपाल समूह) का चार संसदलाई सर्वोच्चले न्याय दिएको छ ।

सर्वोच्च अदालतले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

पार्टी अनुशासन तथा ह्वीप उल्लंघन गरेको भन्दै एमाले(केपी शर्मा ओली समूह)ले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो ।

चारै जना प्रदेश सभा सदस्यले पार्टीको कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।