प्रकाश सपुत र सम्झना लामिछानेको  मार्मिक दसैं गीत  ( भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रकाश सपुत र सम्झना लामिछानेको  मार्मिक दसैं गीत  ( भिडियो सहित)



नेपाली गीत सङ्गीत मा एक पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश सपुत को प्रस्तुतिमा परदेशीको वास्तविक पिडा समेटिएको एक यथार्थ परक दसैँको कोशेली “ चरर..बरर..धररर” हालैे मात्र सार्वजनिक भएको छ ।

बाध्यताले पर्देशीनुको पिडा तथा बडा दसैँ तथा तिहार जस्ता चाड मा एक्लै रुदै बस्नु को यथार्थ कथा बोकेको गीत सार्वजनिक भए सँगै चर्चा पाउन थालेको छ गीतमा प्रकाश सपुत र सम्झना लामिछाने मगरको आवाज रहेको छ भने गीतको लय तथा शब्द प्रकाश सपुतले नै भरेका छन् ।

यस्तै दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका भिडियोमा पवन सिंखडाको छायाङ्कन तथा सम्पादन रहेको छ । भिडियोमा प्रकाश सपुत, सम्झना लामिछाने मगर र लक्ष्मी तिमल्सिना को निकै मन छुने अभिनय देख्न सकिन्छ ।