चतुर बास्कोटाका अख्तियार छल्ने काइदा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चतुर बास्कोटाका अख्तियार छल्ने काइदा



काठमाडौं- ७० करोड घुस मागेको अडियो बाहिर आएपछि राजिनामा दिन बाध्य भएका पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटा सामान्य दिमागका मान्छे होइनन भन्ने शुक्रबारको घटनाले देखाउँछ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धानको अनुसन्धानको पञ्जाबाट जोगिन काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा हालेको प्रष्ट भएको छ ।

सेक्युरिटी पिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड घुस मागेको विषयमा तत्काल अनुसन्धान गरेर बाँस्कोटालाई कारबाही गर्न अख्तियारमा उजुरी परेको छ।

चौतर्फि दवाव परेपछि उक्त अडियोकाण्डमा अख्तियारले छानविन गर्ने तयारी गरिरहेकै बेला सोही विषयमा बाँस्कोटाले मुद्दा दायर गरे । मुद्दा दायर यस्तो अवस्थामा गरे जब अख्तियारले उनिमाती निगरानी बढायो ।

त्यसो त उनले आरोप लाग्ने बित्तिकै अख्तियारको भेषमा आफ्नै कार्यालयमा छापा हानेर सबै कागजात पनि गायब परेका छन् । यहि कदमले उनि पुरा दोषी छन् भन्ने प्रष्ट हुन्छ ।

त्यतिमात्र होइन बास्कोटाले आफैले छापा हानेर कागजात लैजानु भनेको अन्य धेरै काण्डमा उनि मुछिएका थिए भन्ने देखिन्छ ।

शुक्रन्बार उनले हालेको मुद्दाको कनेक्सन अन्यत्रै छ । कानुनमा अदालतमा विचाराधिन मुद्दा किनारा नलागेसम्म सोही मुद्दामा अख्तियारले थप अर्को मुद्दा चलाउन नपाउने प्रावधान छ ।

आज काठमाडौं जिल्ला अदालतमा दायर भएको पूर्वमन्त्री बाँस्कोटाको मुद्दाले घुस मागेको अडियोकाण्डमा अख्तियारलाई चुप लगाउने उपाय मात्र हो भन्ने प्रष्ट हुन्छा।

कानुनमा कुनै विषयमा अदालतमा दायर भएको मुद्दाको अन्तिम फैसला नआएसम्म सोही विषयमा अख्तियारले अर्को मुद्दा दर्ता गर्न सक्दैन ।

विहिबार प्रधानमन्त्रीले पार्टीको आन्तरिक कार्यक्रममा बाँस्कोटा निर्दोश छ भनेर सफाई दिने र आज अदालत गएर बाँस्कोटाले मुद्दा दायर गर्ने भनेको अख्तियारको कारबाही छल्न अपनाएको एउटा खतरा बाटो हो।

कानुन अनुसार जाने हो भने बाँस्कोटाले शुक्रबार दर्ता गरेको मुद्दाको किनारा लागेपछि मात्रै अख्तियारले अडियोकाण्डमा छानविन अघि बढाउन सक्छ ।