निकै खस्किए विनोद चौधरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निकै खस्किए विनोद चौधरी



काठमाडौं- नेपाली उद्योगीसकस तथा धनाड्य विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीमा निकै खस्किएका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा पुगेका हुन् । उनी अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए । यो वर्ष उनको सम्पति एक अर्ब ४० करोड अमेरिकी डलर रहेको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको हो । फोर्ब्सको सूचीमा प्रवेश हुँदा उनको सम्पति एक अर्ब अमेरिकी डलर थियो । चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ ।