डिपिएल: फाइनल स्थानको लागी काठमाडौ र चौराहा भिड्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डिपिएल: फाइनल स्थानको लागी काठमाडौ र चौराहा भिड्दै



धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र धनगढी टिम चौराहा विच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौ गोल्डेन्स जारी प्रतियोगितामा अपराजित एक्लो टिम टिम हो । आज उसले चौराहा विरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ ।

यदि चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाधि नजिक पुग्नेछ ।

यसै प्रतियोगिताको लिग चरणमा काठमाडौले चौराहालाई सात विकेटले हराएको थियो ।

अघिल्लो संस्करणमा यी दुई टिम दुई पटक खेल्दा दुबै खेलमा काठमाडौ गोल्डेन्स पराजित भएको थियो ।

गत सस्करणमा काठमाडौलाई चौराहाले लिग चरणमा ११ रनले हराएको थियो भने इलिमिनेटर राउण्डमा ६ विकेटले पाखा लगाएको थियो ।

आज हार्ने टिमले फाइनलमा पुग्न आजै हुनै इलिमिनेटर राउण्डको विजेतासँग खेल्नेछ । आज इलिमिनेटर राउण्डमा महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरीया खेल्दैछन । यसै प्रतियोगिताको लिग चरणमा बर्षाका कारण खेल हुन सकेन र अंक बाढेका थिए ।