चीनमा कोरोनाबाट चिकित्सकको ज्यान गएपछि हंगामा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चीनमा कोरोनाबाट चिकित्सकको ज्यान गएपछि हंगामा



एजेन्सी- कोरोना नियन्त्रणमा आइसकेको चीनमा कोरोनाकै कारण चिकित्सकको ज्यान गएपछि हङ्गामा मच्चिएको छ ।

चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्ट डा. हु विफेङ्गको मृत्युका कारण त्यहाँको प्रशासनको निकै आलोचना भैरहेको छ ।

जनवरीमा नै कोरोनासंक्रमित भएको पुष्टि भएका डा. हु विफेङ्गको मृत्यु २ जुनमा भएको थियो । कोरोनासँग चार महिनाभन्दा बढी लामो समयसम्म लडेका डा. हु कोरोनाका कारण मृत्यु हुने उनी अस्पतालका छैटौं चिकित्सक हुन् ।

यही अस्पतालमा पहिलो पटक कोरोनाभाइरसबारे जानकारी दिएका डा. ली वेनलियाङ्ग पनि काम गर्थे । उनले कोरोनाबारे जानकारी दिएलगत्तै प्रशासनले उनीमाथि कारवाही गरेको थियो । पछि उनको पनि निधन कोरोना संक्रमणकै कारण भएको थियो ।

डा. हुको मृत्युबारे अहिले खासै जानकारी सेयर गरिएको छैन । उनको मृत्युपछि चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले सरकार र प्रशासनको निकै आलोचना गरेका छन् ।