चेल्सीलाई साख जोगाउन गाह्रो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चेल्सीलाई साख जोगाउन गाह्रो !



गएको सिजन उपाधि उचालेको चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिग फुटबल निकै खराब लयबाट गुज्रिरहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमै वेष्ट ह्यामसँग १–१ को बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन र थप गोल गर्न पनि, जसले चेल्सीलाई अंक बाँड्न बाध्य बनायो ।

३६ औँ मिनेटमा सेसर एज्पिलिक्युटाको गोलबाट चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर ७३ औँ मिनेटमा जावियर हर्नान्डेजले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए । यसले वेष्ट ह्याम एक अंक लिन सफल भयो ।

लिगका ६ खेल मात्रै बाँकी हुँदा चेल्सी शीर्ष चारमा पर्ने सम्भावना निकै कम बनेको छ । ३२ खेलबाट ५७ अंक जोडेको चेल्सी चौथो स्थानको टोटनह्यामभन्दा १० अंकले पछि रहेको छ । १४ औँ स्थानमा रहेको वेष्ट ह्यामको ३४ अंक छ ।