चेन्नईविरुद्ध कोलकाताले लियो खास बदला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चेन्नईविरुद्ध कोलकाताले लियो खास बदला



काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश राणा र रिंकु सिंहले ९९ रनको साझेदारी गरे ।

नितिशले नटआउट ५७ रन र रिंकुले ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी नटआउट ४८ रन बनाए । कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए ।

जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राखेको छ । चेन्नइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।