चेन्नईको टोलीमा तिन परिवर्तन: मुम्बईको कफ्तान पोलार्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चेन्नईको टोलीमा तिन परिवर्तन: मुम्बईको कफ्तान पोलार्ड



एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान रोहित शर्मा आज टोलीमा छैनन् । रोहित किंग्स इलेभेन पन्जाबसँगको खेलको क्रममा सुपभर ओभरमा घाइते हुन पुगेका थिए । रोहितको स्थानमा आज मुम्बईले सौरभ तिवारीलाई मौका दिएको छ ।

धोनीले आज टोलीमा तीन परिवर्तन गरेको जनाएका छन् । चेन्नईले शेन वाटसन, केदार जाधव र पियुष चवलालाई आजको खेलमा बेन्चमा राखेको छ । यी तीन खेलाडीको स्थानमा चेन्नईले रितुराज गायकवाड, इमरान ताहिर र नारायण जगदिशनलाई मौका दिएको छ । गत वर्षको पर्पल क्याप विजेता लेग स्पिनर ताहिर यस सिजनमा पहिलो खेल खेल्दै छन् ।

चेन्नईलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । चेन्नई आजको खेलमा पराजित भएमा प्ले अफ सम्भावना अंक गणितिय झिनो आशा मात्र बाँकी रहने छ । मुम्बई चेन्नईलाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । मुम्बई १० खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । चेन्नई १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ । आइपिएलमा मुम्बई र चेन्नईबीच कुल २९ खेल भएको छ । जसमा मुम्बई १७ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । लिग चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, इमरान ताहिर, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, रितुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, नारायण जगदिशन र जोश हेजलवुड ।

मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड(कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, सौरभ तिवारी , नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह