चेन्नई र कोलकाताबीचको त्यो रोचक खेल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चेन्नई र कोलकाताबीचको त्यो रोचक खेल



एजेन्सी – बुधबार साँझ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सको खेल निकै रोचक बनेको थियो । चेन्नईले कोलकातालाई १८ रनले पराजित गरेपनि खेल भने निकै रोचक बनेको थियो । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो ।

विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को दयनिय अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेल रोमान्चक बनेको थियो । विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को दयनिय अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेल रोमान्चक बनेको थियो ।

यससँगै चेन्नाई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गरेका प्याट कमिन्स ३४ बलमा ४ चौका र ६ छक्का सहित ६६ रनमा अविजित रहे । अन्तिम ओभरमा कोलकातालाई जितको लागि २० रन चाहिँएको थियो । तर पहिलो बलमै दुइ रन बटुल्नेक्रममा नन स्ट्राइकमा प्रसिद्ध कृष्णा रन आउट हुन पुगेपछि कोलकाता पराजित हुन पुगेको थियो ।

आन्द्रे रसेलले २२ बलमा ६ छक्का र ३ चौका सहित ५३ रनको योगदान दिए । त्यस्तै विकेटकिपर दीनेश कार्तिकले २४ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए । रसेलले २१ र कमिन्सले २३ बलमा अर्धशतक पूरा गरेका थिए । निकै खराब सुरुवात गरेको कोलकतालाई आन्द्रे रसेल र दिनेश कार्तिकले छैटौं विकेटका लागि ३९ बलमा ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई सम्हालेका थिए । साम करनले १२ औं ओभरको दोस्रो बलमा रसेललाई बोल्ड आउट गर्दै खेलमा फर्काउन खोजेपनि कमिन्सले उत्कृष्ट प्रदर्शनका साथ कोलकातालाई जितको आशा जगाई रहेका थिए ।

त्यसअघि तीव्र गतिका बलर दीपक चाहरले शीर्षक्रमका चार ब्याट्सम्यानलाई आउट गरेपछि कोलकता संकटमा परेको थियो । दीपकले नितेश राना ९, सुभमन गिल शून्य, कप्तान ओईन मोर्गन ७ र सुनिल नारायणलाई ४ रनमा क्याच आउट गराएका थिए । नारायणलाई रविन्द्र जडेजा र अन्य तीन ब्याट्सम्यानलाई कप्तान महेन्द्रसिंह धोनीबाट क्याच आउट गराएका थिए । लुन्गी एन्गिडी राहुल त्रिपाठीलाई ८ रनमा धोनीबाट क्याच गराएपछि पहिलो पावरप्लेमै कोलकाता ३१–५ को दयनिय अवस्थामा पुगेको थियो ।

१५ ओभरमा १४६–७ को कमजोर अवस्थामा पुगेको कोलकतालाई प्याट कमिन्सले आक्रामक अर्धशतकका साथ खेललाई रोमान्चक बनाएका थिए । जसक्रममा कमिन्सले साम करनलाई १६ औं ओभरमा ४ छक्का र १ चौका सहित एकै ओभरमा कुल ३० रन जोडेपछि कोलकातालाई जितको आशा दिलाएका थिए । चेन्नईका दीपक चहरले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । लुन्गी एन्गिडीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । साम करनको नाममा १ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ६० बलमा ९ चौका र ४ छक्का सहित ९५ रनको उत्कृष्ट इनिङ खेले । युवा ओपनर ऋतुराज गायकवाड ४२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रन बनाए ।

पहिलो विकेटका लागि ऋतुराज र फाफ डु प्लेसिसले १२.२ ओभरमा १ सय १५ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपछि चेन्नईले विशाल योगफल तयार पारेको थियो । मोईन अली १२ बलमा समान २ चौका र छक्का सहित २५ रनमा क्याच आउट भए । कप्तान महेन्द्रसिंह धोनी १७ रनमा आउट हुँदा जडेजा एक छक्का सहित ६ रनमा अविजित रहे । कोलकाता आन्द्रे रसेल, बरुण चक्रबर्ती र सुनिल नारायणले १–१ विकेट लिए ।

बुधबारनै भएको पहिलो खेलमा सनराइजर्स हैदाराबादले पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै आइपिएलमा पहिलो जित निकालेको छ । जितका लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले ओपनर जोनी बेयरस्टोको अविजित ६३ रनको सहयोगमा १८.४ ओभरमा पूरा गरेको थियो ।

चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । बेंगलोर ३ खेलमा ३ मानै जितका साथ समान ६ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मुम्बई ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ चौथो स्थानमा छ ।

कोलकाताले शनिवार वानखडेमै राजस्थानसँग खेल्ने छ । चेन्नईले पनि वानखडेमा आइतबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । विहिबार वानखडेमानै बेंगलोर र राजस्थानबीच प्रतिस्पर्धा हुने छ ।