गायिका कला लम्साल र प्रीति आलेको तिजको कोसेली “छड्के तिलहरी” भाग २ बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गायिका कला लम्साल र प्रीति आलेको तिजको कोसेली “छड्के तिलहरी” भाग २ बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

तिजको अवसर पारेर गायिका कला लम्साल र प्रीति आलेको तिजको कोसेली “छड्के तिलहरी” भाग २ हालै मात्र सर्वजनिक भएको छ । गीतमा शब्द सङ्गीत शिव हमालले भरेका छन् ।

गीत गायिका कला लम्साल, प्रीति आले र शिव हमालको स्वर सुन्न सकिन्छ । गत वर्षको छड्के तिलहरी भाग १ बाट सफलता पाए पछि छड्के तिलहरी भाग २ बनाउन हौसला मिलेकोे गायिका कला लम्साल बताउछिन् । यस्तै गीतको बारे बोल्दै अर्की गायिका प्रीति आले भन्छिन समय सुहाउदो गीत तथा उत्कृष्ट भिडियो बनेको हुनाले पक्कै पनि दर्शक श्रोताले मन पराउनु हुन्छ माया गर्नु हुन्छ भन्ने आशा गरेकी छु ।

तिर्सना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफीमा दुर्गा पौडेलको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा निक शर्मा प्रीति आले र कला लम्सालको जोडदार नित्य तथा अभिनय देख्न सकिन्छ ।