‘छक्का पन्जा २’बाट कलाकार उत्साहीत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘छक्का पन्जा २’बाट कलाकार उत्साहीत



बुटवल, २ असोज । देश दौडाहाको क्रममा सोमबार बुटवल आएको नेपाली चलचित्र ‘छक्का पन्जा २’ को टिम ले यो चलचित्रबाट आफुहरु उत्साहीत भएको बताएका छन् । सोमबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कलाकारहरुले चलचित्रमा आफुहरुलाई काम गर्दा धेरै नै रमाईलो भएको बताए ।
भेटघाटमा दीपाश्री निरौला, प्रियंका कार्की, जित’ नेपाल, केदार घिमिरे र स्वरुप पुरुष ढकाल लगाएतको उपस्थीति रहेको थियो ।

असोज ११ गते बाट अल नेपाल रिलिज हुने यो चलचित्र छक्का पञ्जाको सिक्वेल नभएको बताउँदै यो चलचित्रमा युवा पुस्तालाई बिशेष केन्द्रीत गरेको चलचित्र निर्देशक दिपाश्री निरौलाले बताईन् । टोलिको मोफसल यात्रा निकै रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको चलचित्रकि मुख्य नायीका प्रियंका कार्किले बताइन् ।

मोफसलमा क्रेज ‘छक्का पन्जा २’ कै रहेको बताउँदै निर्मात्री निरौलाले प्रचारमा जाँदा जनता संग खुल्ला रुपमा भेट्न पाउने हुँदा यसले चलचित्रलाई धेरै सहयोग पुग्ने बताईन् ।

टिमले दिउसो ४ बजेबाट बुटवलमा कार्यक्रम समेत गरेको छ । कार्यक्रम पछी चलचित्रको टीम प्रचारप्रसारको लागि आज पोखरामा छ । यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जित’ नेपाल र अभिमन्यु निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा रहेको ‘छक्का पञ्जा २’मा जीतु नेपाल, केदार घिमिरे, ताराचन्द्र चापागार्इं, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।