छक्कापञ्जा २ को अर्को चोरी काण्ड, दोश्रो गीत पनि चोरेको आरोप
हिमाल पोष्ट/ काठमाडौं
छक्कापञ्जा २ को पहिलो गीत चोरेको आरोप लागेपछि बजार निकै तात्यो । अहिले फेरी छक्कापञ्जा २ को अर्को गीत सार्वजनिक भयो त्यो पनि चोरीको आरोप लागेको छ ।
आज सार्वजनिक गरिएको झ्याम्म झ्याम्म भन्ने गीत पनि लय चोरेको आरोप लागेको छ । सस्तो लोकप्रियताका लागि पुराना गीत बाट चोरी गर्ने घटनाहरू अहिले निकै फस्टाएको छ ।
देवर बाबु फिल्मको बास्ना मिठो कस्तुरीको भन्ने गीत सँग हु-बहु लय मिलेको यो गीत पनि लोक गीत हो ।
हरिबंश र आस्था राउतले गएको झ्याम्म झ्याम्म र वास्ना मिठो कस्तुरीको गीतको लय मिलेपछी फिल्म युनिट तनावमा छ ।
हेरौं दुवै गीत