प्रलोभन र छलको पर्व: क्रिसमस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रलोभन र छलको पर्व: क्रिसमस



डा. गोविन्द शरण उपाध्याय

क्रिसमसको अवसरमा विश्वभरी छरिएर रहेका तर सबैभन्दा बढी जनसंख्या ओगट्ने क्रिस्चियन समुदायमा हार्दिक शुभकामना अर्पण गर्दछु । इसाई विश्वासअनुसार जिसस क्राइस्टको जन्मदिनको सम्झना गर्दै हरेक डीसेम्बर महिनाको २५ तारिखका दिन क्रिसमस पर्व मनाइन्छ ।

इसाई समुदायले विश्वको ३३% जनसंख्याको प्रतिनिधित्व गर्छ भने करिव ११ सयबटा सम्प्रदायमा विभाजित छ । सबै इसाईले क्रिसमसलाई पर्व मान्दैनन् र सबै इसाईले आज नेपाल र भारतमा पाइने बाइबललाई प्राचीनतम र प्रमाणिक धार्मिक ग्रन्थ पनि मान्दैनन् न सबैले जिसस क्राइस्टलाई नै मुक्तिदाताका रुपमा स्वीकार गर्छन् ।

जोसुवा प्रोजेक्टको तत्थ्यलाई मान्ने हो भने हाल नेपालमा करिव ४६७ बटा इसाई समुदायहरुले धर्मपरिवर्तन गराउने काम गरिरहेका छन् तर धर्मपरिवर्तन गराउँन सबैभन्दा बढी सफलता कोरियन प्रोस्टेटेन्टहरूलाई मिलिरहेको छ । हाल नेपालमा करिव ७ लाख प्रोस्टेटेन्ट रहेको अनुमान गरिन्छ भने रसियन अर्थोडक्स सम्प्रदायका नेपाली इसाईहरूको सङ्ख्या केवल ५ जनामात्र रहेको मेरो जानकारीमा छ ।

नेपालमा इसाईहरूको इतिहास दूईखण्डमा विभाजित छ – पृथ्वीनारायण शाह कालीन र पोखराको राम घाटमा २००४ सालमा पहिलो चर्च निर्माण भएपछि । तेसपछि राजपरिवारकै स्वीकृतिमा सेन्ट जेभियर विद्यालय, पाल्पाको मिसन अस्पताल अनि, युनाइटेड मिसन टू नेपाल शिक्षा तथा सेवाका माध्यमबाट नेपाल छिरेका थिए ।

शिक्षा तथा सेवालाई धर्मपरिवर्तन गराउने हतियारको रुपमा प्रयोग गर्ने क्याथोलिकहरू नेपालमा तेति सफल भएका छैनन् । तर पृथ्वीनारायण शाहले देश निकाला गरेका कट्टरपन्थी प्रोस्टेटेन्टहरू सन् १९९२ को राजनैतिक परिवर्तनपछि निकै फलेकाफुलेका छन् । प्रोस्टेटेन्ट सम्प्रदायले सेवा कार्यमा लगानी नगरी सिधै चर्च निर्माण र धर्मपरिवर्तनमा लगानी गर्छ ।

प्रोस्टेटेन्ट सम्प्रदायका इसाईहरूले आफ्ना बालबालिकालाई पढाउन समेत स्थानीय विद्यालयको प्रयोग गर्छन् किनभने आफ्ना बालबच्चालाई प्रयोग गर्दै विद्यालयहरूमा समेत धर्मपरिवर्तन गराउने सम्भावना खोज्दछन् । आम नेपालीलाई थाहा हुनुपर्छ कि सेन्ट जेभियर होस् वा मिसन अस्पताल क्याथोलिक सेवा केन्द्र हुन् । प्रोस्टेटेन्टले केवल धर्मपरिवर्तनलाई प्राथमिता दिन्छन् ।

हाल नेपालीहरूको धर्म परिवर्तन गर्न लगानी गर्ने मध्ये सबैभन्दा बढी कोरियन र तेसपछि नर्वेको लगानी रहेको छ । जानाजान होस् वा नजानेर विभिन्न सरकारी निकायहरू पनि धर्मपरिवर्तन गराउने कामका मतियार बनेको बुझ्न सकिन्छ ।

विगतको एउटा कार्यक्रममा सम्माननीय प्रधानमन्त्रिको समेत संलग्नता देखिएको थियो जसको चर्को आलोचना भएको थियो भने हाल ती “पवित्रमाता” जेलमा छिन् । सन् १०४८ मा कोरिया स्वतन्त्र हुँदा ८०% बौद्ध थियो भने हाल बौद्धहरू अल्पमतमा छन् ।

प्रोस्टेटेन्टहरू कतिबिध्न कट्टरपन्थी हुन्छन् भने कोरियाको राष्ट्रपति बनेपछि तेहाका वर्तमान प्रोस्टेटेन्ट राष्ट्रपतिले सोल शहरलाई जिसस-क्राइस्टको नाममा भेट गरेका थिए र मूर्तिपूजकहरूलाई चेतावनी दिएका थिए ।

आज नेपाल पनि त्यहि दिशामा अगाडी बढिरहेको छ । जुन गतिले पहाड र हिमालमा इसाईहरूले धर्मपरिवर्तन गराईरहेका छन् र तराईमा मुस्लिमहरूले अनियन्त्रित रूपमा जनसंख्या वृद्धिगरिरहेका छन् – आगामी २५ वर्षमा यहाँका हिन्दू, बौद्धहरू अल्पमतमा पर्ने सुनिश्चित छ ।

नेपाली इसाईप्रति मेरो गुनासो छ – विश्वको सबैभन्दा प्राचीन संस्कृतिको जीवित संग्रहालयका रूपमा नेपालको प्राकृतिक अस्तित्वलाई निरन्तरता दिन सघाउनुको सट्टा धर्मपरिवर्तन गराएर सांस्कृतिक विनाश गर्ने पाप नगर्नुस् । तपाईंहरूको जनसंख्या विश्वमा सबैभन्दा बढी छ, तेसमा गर्व गर्नुस् ।

यदि जिसस आजको मितिमा जन्मेको भए नेपालको प्राचीनताको रक्षा गर्न आफै नेतृत्त्व लिन्थे र जेरुसलममा वसेर नेपालीहरूलाई धर्मपरिवर्तन गरेर इसाई बन्न प्रतिवन्ध लगाउँथे । हाल डा. रोकायाले रोजेको बाटोलाई समर्थन गर्थे । आफ्नो जरोकिलो काटेर, आफ्नो धर्म, संस्कृति, सभ्यता तथा इतिहास मासेर कोही पनि महान् हुँदैन ।

आफ्नो धर्म मान्न संविधानले स्वत्रन्त्रता दिन्छ तर धर्मपरिवर्तन गराउनु कानुनी अपराध हो । असलमा क्रिसमस धर्मपरिवर्तन गराउने जमघट हो । तेसैले सबै आफ्नो जरोकिलोप्रति सचेत, सजग र सावधान रहौं ।

इसाई समुदाय पनि नेपाली नागरिक हुन् । उनीहरूले नेपाललाई माया गर्छन् – यो कुरामा कुनै छैन । तर उनीहरूले नेपालीपनलाई माया गर्छन् भन्नु गलत हुनेछ । नेपाली धर्म-संस्कृति तथा सभ्यताप्रति गर्व हुनुपर्ने हो । उनीहरू नेपाल राष्ट्रलाई माया गर्छौ भन्छन् तर नेपालीपनप्रति उनीहरूको घृणा हरेक नेपालीले बुझेको छ ।

उनीहरू नेपाली नागरिक अवश्य हुन् तर नेपाली धर्म, संस्कृति तथा सभ्यतालाई फाँसी दिएर खुसी हुने नेपाली नागरिक । यहीं उनीहरूसंग मजस्तो निक्खर नेपालीको कुरा मिल्दैन । उनीहरू नेपालको रैथाने धर्म, संस्कृति तथा सभ्यतासंग माया गर्न सक्दैनन्, म उनीहरूसंग प्रेम गर्न सक्दिन । यो खाडल अझैं बढ्ने छ । जतिजति धेरै उनीहरू पैसा र प्रलोभनको झोला बोकेर गाउँगाउँ पस्ने छन्, तेतितेतिनै नेपालको मौलिकता खतरामा पर्ने छ ।

हिजोमात्र एकजना इसाई मित्रले मलाई क्रिसमसको कार्यक्रममा आमन्त्रण गर्नुभयो । मलाई उहाँको निमन्त्रण स्वीकार्न कुनै समस्या भएन । तर मैले एउटा शर्त भने राखें – तपाईंले मलाई प्रार्थना गर्न लगाउनु हुने छैन । मैले जिससलाई मुक्तिदाता मान्दिन ।

तपाईंहरूको प्रार्थनामा मूर्तिपूजाको घोर खण्डन हुन्छ तर म हरेक दिन पशुपतिनाथको फोटोमा फुल अर्पण गर्छु । तेसपछि उहाँले पुन: मलाई क्रिसमसका सामेल हुन निमन्त्रणा गर्नुभएन । म जस्तो मूर्तिपूजकको लागि क्रिसमस फाप्दैन । बरू मेरो उपस्थिति देखाएर तेहा निमन्त्रणा मान्न आएका मध्ये “केही”लाई धर्म परिवर्तन गर्न प्रेरित गरिने छ । अप्रत्यक्ष रूपमा सही म पनि आफ्नो जरोकिलो अर्थात् आफ्नो धर्म, संस्कृति र सभ्यता मास्ने मध्येमा उभिने छु । तेहा मेरो उपस्थिति नै गवाही वन्ने छ ।

इसाई समुदायले आफ्नो चाड क्रिसमस मनाओस् – नेपाल सरकारले पनि छुट्टी दिएकै छ । हिन्दू , बौद्ध, किराती, वोन्पो समुदायले तिरेको राजस्वबाट तलव बुझ्नेहरूले आफ्नै देशका आफु वाहेकका नागरिकहरूले मान्ने पुरातन विश्वास, परम्परालाई “शैतानी-शक्ति”का नाममा घृणा फैलाउने काम कथाचिद अपराध नै हो ।

आफ्नै देशको धर्म, कला, संस्कृति तथा चालचलनहरूको निन्दा गर्नु राष्ट्रविरुद्ध अपराध हो । एस्ता अपराध कर्मका लागि सघाउँनेहरू पनि राष्ट्रका अपराधिनै हुन् । जुनसुकै राष्ट्र एउटा सांस्कृतिक इकाई पनि हुन्छ जसको जग उसको इतिहाससंग जोडिएको हुन्छ । इतिहास, संस्कृति र राष्ट्रका पहिचानहरू मास्ने सङ्कल्प गर्नेहरूको सङ्गत गर्न हुँदैन ।

क्रिसमस भनेको नेपाली रैथानेहरूलाई रक्सीका पार्टीमा बोलाएर सके एक बोतल रक्सी पिलाएर नसके पैसा नै तिरेर धर्मपरिवर्तन गराउने बलियो माध्यम हो । रमाइलोको नाममा तपाईंहरू चर्चमा बोलाउने छन्, मिठा कुरा गर्ने छन्, खान दिने छन् र अन्त्यमा धर्मपरिवर्तन गर्न आमन्त्रित गर्ने छन् । यदि तपाईं धर्म परिवर्तन गर्न राजी हुनुभएन भने अनेकौं थरिका गवाहीहरू पेश गरेर दिमाग भुट्ने प्रयत्न गर्ने छन् । अन्त्यमा केही नलागे पछि बाइबलको भूत बोकेर तर्साउने छन् ।

निरीह राज्यब्यबस्था संविधानमा ब्यबस्था भएको “धर्मपरिवर्तन गराउँन नहुने” ब्यबस्था पालन गराउन सक्ने अवस्थामा छैन । मिसनरीको पैसाको लोभ र सत्तामा पुगेका बहुरुपिया इसाई धर्मनिरपेक्षतावादीका अगाडी पुन: यो निरीह, शक्तिविहिन र अन्धोपनले ग्रस्त छ ।

बाइबल विश्वमा सबैभन्दा बढी “निशुल्क” बाँडिने ग्रन्थ हो । एउटा अनुमानअनुसार नेपालमा आजसम्म करिव ८० लाख बाइबलहरू वितरण भैसकेका छन् । विश्वमा दुईबटा धार्मिक पुस्तकहरू निकै असहिष्णु छन् – बाइबल र कुरान । बाइबलको ईश्वर निकै इर्ष्यालु र डरपोक छ । उ सधैं आफ्ना अनुयायीहरूलाई डराउँन दिएर नियन्त्रणमा राख्छ भने अविश्वास गर्नेहरूको “आगो बर्साएर होस् वा दुश्मनको फौज पठाएर” विनाश गर्छ ।

बाइबल र कुरानमा बोलिएको ईश्वर विश्वकै सबैभन्दा क्रूरतम तानाशाह नै हुन् भन्दा हुन्छ । क्रूरतम तानाशाहहरूको इतिहास केलाउंदा ती मध्ये ९०% तानाशाहहरू कि इसाई थिए कि मुसलमान । नि:सन्देह, बाइबल र कुरान तानाशाह जन्माउँने सबैभन्दा भरपर्दा सैद्धान्तिक आधार हुन् । जतिजति बाइबल र कुरानका पक्षधरहरू फैलिंदै जान्छन् तानाशाही पनि बलियो हुँदै जान्छ । मैले बोल्नु वा लेख्नु पर्दैन कुन् तानाशाहको के धर्म थियो भनेर इतिहास खोज्दा हुन्छ ।

बाइबल होस् वा कुरान – यी दुवै सम्प्रदायका ग्रन्थहरूको मूल मर्म “धर्मपरिवर्तन गराउँनु” नै हो । सके फकाएर धर्म परिवर्तन गराउँ, सकिन्न भने प्रलोभन देउं, तेसरी पनि सकिएन भने डर धम्कि गर, यसरी पनि धर्म परिवर्तन सफल भएन भने शारीरिक रूपमा नष्ट गर । अंग्रेजहरूका कुसंस्कारहरूलाई नै सभ्यता भनेर बुझाउने नेपाली शिक्षानीति र अंग्रेजीकरणलाई विकास भएको बुझ्ने हाम्रो नेपाली मानसिकता निकै टीठलाग्दो छ ।

अंग्रेजी र बाइवलका दलालहरूबाट नेपाली समाज कतिबिध्न ठगिंदै छ भन्ने कुरा जान्न २०४६ पछिका परिवर्तनहरूलाई बुझे पुग्छ । जसरी-जसरी अंग्रेजी पढ्ने र बाइबल बोक्ने जनसंख्या बढ्दो छ तेसरी नै नेपालीहरू विदेश पलायन गर्ने क्रम चर्को छ ।

अंग्रेजी भाषाले नेपाली समाजलाई मालिक होइन विदेशीको दासता गर्न सघाएको छ भने बाइबलले आफ्नै देश, समाज, संस्कृतिसंग घृणा गर्न सिकाएको छ । नेपाली समाज विदेशीहरूको प्रत्यक्ष दास र बाइबल-कुरानको असहिष्णु अनुयानिमा रुपान्तरित हुँदैछ । दुर्भाग्यवस, प्रगतिशील भनाउँदो वर्तमान कम्युनिस्ट राज्यतन्त्र पनि बाइबल-कुरानको मतियार गर्ने दलालझैं बन्न पुगेको छ ।

तेसैले यदि कुनै दलालले तपाई;लाई क्रिसमस पार्टीमा बोलायो भने विचार पुर्याएर जानु होला । काहीं एस्तो नहोस् कि तपाईंको चर्चयात्रा नेपाल आमाको मुटुमा किलो बनोस् ? नेपाल र नेपालआमालाई माया गर्नेले चर्चमा गएर झूटो संदेश फैलाउनेहरूसंग बौद्धिक प्रतिवाद गर्छन् ।

बाइबलका दशबटा पवित्र आदेशहरू मध्ये झूटो नबोल्नु पनि हो र छिमेकीलाई माया गर्नु पनि हो । यदि क्रिसमसका नाममा उनीहरूले छिमेकी अर्थात् आम नेपालीलाई शैतान भनेर गालीगलौज गर्छन् र झूटो गवाही दिन्छन् भने बाइबल हातमा बोकेर नै प्रतिवाद गर्नुपर्छ । बाइबलको दम्भमा छिमेकिहरूको आस्थाप्रति घृणा फैलाउनेहरूको प्रतिवाद हुनैपर्छ ।

एस्तो प्रतिवाद शान्तिसंग चर्चमा जाने र तेहा भएका/बोलिएका नेपाल र नेपाली धर्म-संस्कृति विरोधि विषयहरू रिकर्ड गर्ने अनि, नजिकको प्रहरी कार्यालय गएर संविधानको प्रावधानअनुसार उजुरी दिने । स्मरण रहोस्, प्रहरीलाई बुझाएको एकप्रति प्रमाण आफुसंग र तेसको प्रतिलिपि साथीसंग हुनैपर्छ । बाइबलधारीहरू जालझेलमा हजारगुणा अगाडी छन्, पैसा, पावर र छलमा उनीहरूसंग प्रतिवाद गर्न सजिलो छैन ।

मैले भन्छु, यदि कुनै क्रिश्चियनले मैले धर्म परिवर्तन गराउन्न भनेको कुरा पत्याउन भन्दा भोको बाघ शाकाहारी हुन्छ भनेर पत्याउनु बेश हुन्छ । तर इसाई र मुस्लिमले धर्मपरिवर्तन गराउने उद्योग गर्दैनन् भनेर पत्याउन सकिन्न र हुन्न पनि । हामी नेपालीले कसैसंग घृणा गर्दैनौ तर जव एउटा नेपालीले धर्मपरिवर्तन गर्छ, उसले लाखौंलाख नेपालीहरूको इतिहास, संस्कृति तथा सभ्यताप्रति घृणा फैलाउंदै आम नेपालीहरूलाई भ्रमित पार्छ ।

महात्मा जिससका अनुयायीहरुको सबैभन्दा भ्रष्ट, फोहोर र डरलाग्दो चरित्र नै वाइबल बोकेर “विश्वासी” निर्माण गर्ने वहानामा नेपालीहरूलाई आफ्नो मौलिकताप्रति सन्देह उत्पन्न गराउनु हो । एउटा विदेशीले धर्म परिवर्तन गरायो भने दुईचार जना फन्दामा पार्लान् तर एउटा नेपाली वाहुनले धर्मपरिवर्तन गर्यो र बाइबल बोकेर प्रचार गर्न हिड्यो भने असंख्य व्यक्तिहरूलाई नेपाली र नेपाली विरुद्ध उभ्याउन सफल हुन्छ । यो क्रिसमस धर्मपरिवर्तन गराउने जमघट नबनोस् ।

सबै आफ्नो जरोकिलोप्रति सचेत, सजग र सावधान रहौं । अरूलाई पनि सावधान गराओं । हिन्दू, जैन, बौद्ध, किराती वोन्पो र तिनका संस्कृति नै नेपालका असली पहिचान हुन् । जसले यी पहिचानहरू नकार्छ, नकार्न प्रेरित गर्छ तिनलाई वहिष्कार गरौँ ।

असलमा नेपाली इसाईहरूले क्रिसमस आयोजना धर्मपरिवर्तन गराउने जमघटको महापर्वका रूपमा गर्छन् । तेसैले सबै आफ्नो जरोकिलोप्रति सचेत, सजग र सावधान रहौं ।