छात्रदेवमा सामाजिक सुरक्षा भत्ता साथै निशुल्क स्वास्थ्य परिक्षण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

छात्रदेवमा सामाजिक सुरक्षा भत्ता साथै निशुल्क स्वास्थ्य परिक्षण



घनश्याम पौडेल/सन्धिखर्क, २३ असोज । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका आठ वटै वडामा सोमबार सामाजिक सुरक्षा भत्ताको साथै निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

दिउँसोको टण्टलापुर घाममा एक दुई घण्टा हिडेर वृद्धवृद्धाहरु लौरो टेकेर, अपाङ्गहरु कसैको सहारामा, बालबालीकाहरु पनी शिविरमा सहभागी भए । निशुल्क शिविरमा घरको ढोका नै बन्द गरेर छत्रदेव बासीँले उत्साहपुर्वक सहभागीता जनाए ।

सामाजिक सुरक्षा भत्ता लिन तथा निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरिने भएपछि छत्रदेव बासिँ खुसी भएका थिए । शिविरमा परिक्षण गराएपछी एक महिलाले भनिन् बल्ल स्थानिय सरकार आएको अनुभव भयो । भत्ता वितरण सँगै निशुल्क शिविर निकै प्रभावकारी भएको छत्रदेव ७ की कमला नेपालीले बताईन ।

गाउँपालिका भरिका सवै वडाहरुमा दिउँसोको घाममा सामाजिक सुरक्षा भत्ता लिन र स्वास्थ्य परिक्षण गराउन आउनेको घुईचो लागेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

सवै वडाहरुमा उत्साह पुर्वक सहभागिता रहेको शिविरमा प्रन्ध सयले स्वास्थ्य परिक्षण गराएको उपाध्यक्ष तुल्सी देवी श्रेष्ठले जानकारी दिईन ।
निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउँन नसक्ने दुखी, गरिव, असाहय, अशक्तको बढी मात्रामा सहभागिता रहेको छत्रदेव ४ केरुङ्गाका स्थानिय सञ्जय पाण्डेले बताए ।