छत्रदेव गाउँपालिकामा सबैको नजर लेखनाथ पोखरेल माथि ,काँग्रेस "फ्रन्ट फुट"मा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

छत्रदेव गाउँपालिकामा सबैको नजर लेखनाथ पोखरेल माथि ,काँग्रेस “फ्रन्ट फुट”मा



हिमाल पोस्ट /काठमाडौं ,जेठ २२ 

दोस्रो चरणको स्थानीय निर्वाचनले देशका विभिन्न भागमा एक किसिमको माहोल गर्माउदै गइरहेको छ। विभिन्न पार्टीका जनप्रतिनिधिका उमेद्वारहरू आफ्ना आफ्ना आगामी योजना लिएर जनताको घर दैलोमा पुगिरहेका छन्। यसै क्रममा अर्घाखाँचीको पूर्वी भेगमा अवस्थित छत्रदेव गाउपालीकामा मुख्य तीन दलले उमेद्धार बनाएका युवा नेताहरूको प्रतिस्पर्धा रोचक र कडा बन्दै गइरहेको अवस्थामा नेपाली काँग्रेसले खडा गरेका उमेद्वार यतीखेर चर्चाको केन्द्र विन्दुमा छन्।

वि. सं. २०४५ साल वैशाख ६ गते देखी नेपाल विद्यार्थी सङ्घ छत्रगंज अर्घाखाँचीको अध्यक्ष पद बाट औपचारिक राजनीति सुरु गरेका विकासप्रेमी, मिलनसार, समाजसेवी, प्रखर वक्ता, तथा युवा नेता लेखनाथ पोख्रेल छत्रदेव गाउपालीका को अध्यक्ष पदको बलियो उमेद्वारको रूपमा अगाडी आएका छन्।

उच्च शिक्षाको सिलसिलामा पश्चिन नेपालको अग्रणी क्याम्पस बुटवल बहुमुखी क्याम्पस, रूपन्देहीमा २०४९ सालमा इकाई सदस्यको पदमा क्रियाशील रही पछि २०५० सालमा इकाई सचिव, २०५३ सालमा स्ववियू सचिवका एक सशक्त दावेदारको रूपमा ठडिएका पोख्रेल कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका उमेद्वारको रूपमा चर्चामा छन्।

२०५६ सालमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय प्रचार विभाग सदस्य भई आफ्नो कार्य कौशल प्रदर्शन गरेका पोख्रेल सङ्गठनको कार्य बाहक अध्यक्ष समेत बनेर आफूलाई अझ बडी जिम्मेवार र कुशल नेतृत्वकर्ताको सूचीमा उभ्याउन सफल व्यक्ति हुन। मृदु भाषी र जनभावनाको मूल्य बुझेका पोख्रेल अन्य पार्टीका उमेद्वार भन्दा आफूलाई जनताहरू भोट हाल्नको लागी हतारमा रहेको बताउछन्।

नेपालमा विभिन्न समयमा भएका आन्दोलनका अनेकन मोर्चा सम्हालेका पोख्रेललाई २०६२-०६३ सालको जन आन्दोलनको क्रममा ०६३ वैशाख ९ गते काठमाण्डौको त्रिपुरेश्वरमा वायाँ गोडामा गोली लागी घाइते समेत भएका थिए। आफूलाई राजनीति भन्दा अरू कुरा नआउने र राजनीतिलाई पेसा नभै समाज सेवाको पाटो मान्ने पोख्रेलले आफूलाई जनताले जिताएमा यस क्षेत्रका वासिन्दालाई आत्म निर्भर बनाउनुको साथै समाज उत्थानका लागी समुन्नत सामाजिक न्याय हुने गरी काम गर्ने बताउछन्। अन्य दलका उमेद्वारहरू विभिन्न पेसा व्यवसायको पृष्ठभूमि बाट आएको र उनीहरू प्रति आम जन समुदायको संसयपुर्ण हेराई भएकोले आफूलाई जनताको बलियो मत रहने पोख्रेलको ठम्याई छ।

विष वर्ष लामो जन प्रतिनिधि बिहिन अवस्थाले सृजना गरेको सामाजिक तथा राजनैतिक बिचलन, अनुशासन हिनता, परनिर्भरता, साथै असिष्णुता जस्ता विकृतिलाई चिर्दै समावेशीकरण, न्यायपुर्ण समाजको स्थापना, सशक्तिकरण, मर्यादित रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा जस्ता कामहरू प्राथमिकता साथ अगाडी बढाउन आफू कुनै पनि रूपमा प्रतिबद्ध रहेको साथै २१औं सताव्दीले निर्दिष्ट गरेको आधुनिक समाज र प्रविधि मैत्रि विश्व प्रणालीमा सबैलाई आबद्ध बनाउने पोख्रेलको लक्ष्य छ।

आफूलाई भोट हाल्ने जनता साथै सम्पूर्ण विचारधाराका व्यक्तिहरूलाई कुनै पनि कुरामा निराश नपार्ने साथै यस गाउँ पालिका बाट सहिद भएका सपुतहरूले देखाएका सपनाहरू आफूले पुरा गर्न कुनै कसुर बाँकी नराख्ने उद्घोषण गरेका पोख्रेलको पक्षमा जन लहर बढ्दै गएको र टोल अनि जमघटहरूमा चर्चा परिचर्चा भइरहेको देख्न थालिएको छ।

हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेको एक रिपोट