अमेरिकी अध्ययनको निष्कर्ष: छोएर कोरोना संक्रमण हुँदैन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अमेरिकी अध्ययनको निष्कर्ष: छोएर कोरोना संक्रमण हुँदैन



एजेन्सी- शुरु शुरुमा कोरोना भाइरसले महामारीको रुप लिँदै गर्दा जे छोए पनि कोरोना संक्रमण हुने खतरा रहेको मानिन्थ्यो । तर, हालैमा भएको एक अध्ययनमा छोएर कोरोना फैलने खतरा भने एकदमै न्यून हुने जनाइएको छ ।

तर, यसको मतलब मास्क, सेनिटाइजर तथा सामाजिक दुरीको पालन बन्द गरौँ भन्ने होइन । भाइरसबाट जोगिने यो नै सबैभन्दा सटीक उपाय हो ।

नयाँ अध्ययनमा के पनि दाबी गरिएको छ भने, कुनै चिजको सतह छोएका आधारमा कोरोना संक्रमण हुने खतरा एकदमै कम छ । चाहे त्यो सतह संक्रमित नै भएको किन नहोस् । सेन्ट्रल फर डिजिज कन्ट्रोलका अनुसार कुनै सतह छोएर संक्रमित हुने खतरा १० हजारमा एकमा मात्र हुनेछ ।

पहिला सार्वजनिक यातायात, सुपरमार्केट तथा अन्य स्थानका कुनै वस्तु नछुन भन्ने गरिन्थ्यो । छुन परेपनि तुरुन्त सेनिटाइजर लगाउन भनिन्थ्यो, कि त पञ्जा लगाउन भनिन्थ्यो । तर, नयाँ अध्ययनमा भने छोएर संक्रमण हुने अवस्था निकै कम रहेको जनाइएको छ ।

मान्छेको भीडभाड हुने, बन्द स्थान तथा खराब भेन्टिलेशन हुने ठाउँमा संक्रमणको खतरा हुने जनाइएको छ । यदि संक्रमित यस्तो स्थानमा भएको खण्डमा अरुमा पनि संक्रमण हुने खतरा धेरै रहन्छ ।

सेन्ट्रल फर डिजिज कन्ट्रोलका निर्देशक रोशेल वालेन्स्कीका अनुसार भिन्न स्थानमा छुँदा संक्रमित हुनसक्ने भएपनि यसको सम्भावना भने ज्यादै कम छ ।

भर्जिनिया टेक युनिभिर्सटीका एअरबोर्न डिजिज विज्ञ लिन्सीका अनुसार मानिसहरुले घर भित्र र बाहिरका चिज सेनिटाइज गरिरहे पनि संक्रमित सतह छोएका कारण कोही संक्रमित भएको तथ्य फेला परेको छैन ।