मनमोहन र बीएण्डसी मेडिकल कलेजलाइ सम्बन्धन दिनेगरी बिधेयक पारीत ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मनमोहन र बीएण्डसी मेडिकल कलेजलाइ सम्बन्धन दिनेगरी बिधेयक पारीत !



 
२३ साउन, काठमाडौं ।

संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्तरर्गतको कार्यदलले सोमबार चिकित्सा शिक्षा विधेयकको दफा १३ मा संशोधन गर्ने भएको छ । आशयपत्र प्राप्त गरी भौतिक पूर्वाधार बनाएका र निरीक्षण भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गर्ने सहमति जुटेको हो ।

संसोधन अनुसार मनमोहन र बीएन्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सकिने भएको छ ।
समितिकी सभापति रञ्जु झा सदस्य रहेको कार्यदलले पर्सि बुधबार बैठक बसेर विधेयक पास गर्ने तयारी गरेको छ ।

कार्यदलमा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पास भएमा काठमाडौंमा मनमोहन, बिर्तामोडको बी एण्ड सी लगायतका मेडिकल कलेजले सम्वन्धन पाउनेछन् ।

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ ।