चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो: स्थिति तनावग्रस्त - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो: स्थिति तनावग्रस्त



सिन्धुली । स्वस्थ्य चौकीका चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नम्बर–२ को हत्पते रतनपुरकी २१ की वर्षीया अनुुषा कुमरको ज्यान गएको हो ।

अहिले स्थानीयले स्वस्थ्य चौकीमा तालाबन्दी गरेका छन् । रक्तश्राव भएपनि प्रसुतीमा संलग्न चिकित्सकले यहिँ ठिक हुनेआस्वासनले बिरामी त्यहि राखेकोले ज्यान गएको बताइएको छ।

सोमबार विहान ११ बजे प्रसुतीका लागि स्वस्थ्य चौकी पुर्याइएकी कुमरले दिउँसो १ बजे छोरीलाई जन्म दिएकी थिइन् ।रक्तश्राव नरोकिएपछि उपचारमा संलग्न चिकित्सकले रिफर गरेका थिए । उपचारका लागि वर्दिवास लैजाँदै गर्दा सुत्केरीको बाटैमा ज्यान थियो ।

अहिले स्वस्थ्य चौकी तनावग्रस्त बनेको छ । स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै यस्ता घटना नदोहोरिन र क्षतिपूर्तिको माग गरेका छन् ।