चिलायो भनेर कन्याउदा झन् चिलायो ? यसो गर्नुहोस् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चिलायो भनेर कन्याउदा झन् चिलायो ? यसो गर्नुहोस्



एजेन्सी । कन्याउने कुरा गर्नेबित्तिकै तपाईंलाई चिलाउन थाल्यो होला, हैन ? कुरै यस्तै छ । हालै शोधकर्ताहरुले एउटा कुरा के पत्ता लगाएका छन् भने तपाईंलाई सानो कुरामा चिलायो भने र कन्याउन थाल्नु भयो भने झन् बढी चिलाउन थाल्छ ।

मुसाहरुमा गरिएको शोधमा सेरोटोनिन हार्मोनका कारण यस्तो भएको देखिएको छ । मुसाहरुलाई पनि जिउ चिलाउँछ र एक पटक चिलाउन थालेपछि यसलाई रोक्न निकै कठिन हुने गरेको छ । कन्याउन थालेपछि सेरोटोनिन हार्मोनको श्राव सुरु हुन्छ र यो निस्कन थालेपछि जति कन्याए पनि चिलाई मर्दैन ।

उसो भए मुसाको रोग मानिसमा पनि त्यस्तै हुन्छ त ? मुसालाई चिलाउने र कन्याउने जुन किसिमको हार्मोन निस्कन्छ, मानिसमा पनि त्यस्तै हार्मोन निस्कन्छ त ?

शोधकर्ताहरुले चाहिँ यस किसिमको सम्भावना रहेकोतर्फ इङ्गित गरिरहेका छन् । ढाडमा केही खास किसिमका सेरोटोनिन लिने गन्थ्रीहरुलाई बन्द गरेको खण्डमा चिलाई कम गर्न सकिन्छ भन्ने शोधकर्ताहरुको धारणा छ ।

छाला विशेषज्ञहरुका अनुसार, यदि यस कुरामा अझै बढी अनुसन्धान गर्न सकिएको खण्डमा चिलाई नियन्त्रण गर्न सकिन्छ ।

चिलाउने कुराका कैयौं कारण हुन सक्छन् । धुलाको कारण यसले कपाल र छालामा गम्भिर किसिमको रोग पनि लाग्न सक्छ । कन्याउनुको एउटा कारण चाहिँ पीडा उत्पन्न गराउनु पनि हो ।

यसले नशा र चिलाउने कुराको सङ्केत सुरु हुन्छ । पीडा नियन्त्रण गर्नका लागि मस्तिष्कले चिलाई उत्पन्न गर्ने न्युरोट्रान्समिटर सेरोटोनिन हार्मोन निकाल्ने गर्दछ ।

वासिङ्टन युनिभर्सिटीका निर्देशक प्राध्यापक जोउ फेङ चेनका अनुसार, ढाडमा पुगेपछि सेरोटोनिन चिलाई नियन्त्रण गर्ने कोषिकाहरुलाई सक्रिय पार्दछ ।

प्राध्यापक चेन भन्छन्, ‘मुसामा चिलाउने रोगको एउटा दुष्चक्र हुछ तर यदि तपार्यंले सेरोटोनिनको मात्रा कम थरिदिनु भयो भने चिलाउने क्रम पनि कम हुन्छ ।’