चिल्लो भाषणले देश चल्दैन ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चिल्लो भाषणले देश चल्दैन !



राजनीतिको खण्ड खण्डबाट अयोग्यता र योग्यता का प्रश्न बाट सुसज्जित नेपालको राजनीति भित्र विदेशी प्रभुत्व नै अखण्डता को शत्रु र बिखण्डताको मालिक साबित भए ।

गणतन्त्र सङ्घीयता धर्म निरपेक्षता भित्र जात जातीं भाषा भाषी र धर्मावलंबी हरू को बिखण्डन कारी नीति स्थापित गरी केही राजनीतिक दल का नेतृत्व हरू विदेशी धनमा आफ्नो नैतिकता बेचन पछि परेनन ।उनीहरू कै इसारामा चलन थाले । जनता को मौलिकता सार्वभौमिकता र स्वतंत्रता माथि रक्षात्मक नेपाल को संविधान माथि विदेशी प्रभुत्वबाद र स्वदेशी अवसरबाद का कारण बिरोधाभास कारण देखाएर राष्ट्रियता माथि सङ्कट निम्ताउने काम गरिरहेका छन् ।

कवि टुक्का भाषणमा सस्तो लोकप्रियता कमाउन तल्लीन केही आफूलाई सर्वश्रेष्ठ ठान्ने दैवबाट पनि तृष्कार कुलतहरू राष्ट्रियताको निकै चर्को गुणगान गाउछन तर भित्री राष्ट् घाति कदम चाल्छन धिक्कार छ । पोषाक र राष्ट्रिय भाषा माथि पनि कलुषित बिचार राखी विदेशी भाषा र पोषाक लाई आत्मा साथ गरदैछन के यो राष्ट्रियता को अपमान होइन । धर्म परम्परा पहिचान मेटाएर पश्चिमीली डलर मा रमाएका विकृति र बिसङती कलुषित दानब हरू लाई अब जनता ले कसरी विश्वास गर्ने ।

धर्मनिरपेक्ष राष्ट्र जनताको माग त पक्कै थिएन होला तर क्रिश्चियन देशबाट आएको डलरमा दास बनी जनताको मौलिकता सार्वभौमिकता माथि प्रहार गरी धर्म निरपेक्षता लादियो र राष्ट्र र जनता माथि ठुलो घात भयो । सङ्घीयता को नाउमा अखण्ड राष्ट्र लाई टुक्रा टुक्रा गरी नेपाल को तराई भूभाग दक्षिण मा रहेको भारत को एकाधिकार मौलाउन र जनता माथि दासता अपनाउन विवेक हिनता नैतिकता पतन ब्याक्ति हरू लागि परेका छन् । जन जाती मदेशी थारु र पिछडा वर्ग लाई झुठा आशा देखाएर संप्रदायिक युद्ध तिर देश लाई उन्मुक्त बनाउदै छन् । आज सम्म पनि भूकम्प पित्त को अवस्था अत्यंत दयनीय छ भने सरकार अंधों बनिरहेको छ । जनता मा महंगाई दोब्बर बढिरहेको छ ।यस्तो परिस्थिति मा सरकार आफ्नो दायित्व देखि पञ्छिदै छ ।

अब एक पटक सबै ले सोचौ ।तिनै जनता का हिमायती भनाउदा दल का नेता हरू लाई अब जनता ले कसरी भन्ने लोकतंत्र बादी ।