अझैपनि चीनलाई दोष थोपार्दै छन् डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अझैपनि चीनलाई दोष थोपार्दै छन् डोनाल्ड ट्रम्प



काठमाडौं- कोरोना भाइरसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि चीनमाथि हमला गरेका छन् । उनले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् ।

ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइरुसलाई चिनियाँ प्लेगको संज्ञा दिएका हुन् ।

उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको गम्भीर आरोप पनि लगाएका छन् ।

‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौँ । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पार्‍यो’, ट्रम्पले भनेका छन् ।

यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन आक्रोशित बनेको थियो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न चेतावनी दिएका थिए ।

गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ ।