कोरोना कहरकै बेला चीनमा भिषण आगलागी: १९ को मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना कहरकै बेला चीनमा भिषण आगलागी: १९ को मृत्यु



एजेन्सी- कोरोना भाइरसको महामारी सकिन नपाउँदै चीनमा फेरी भीषण आगलागी भएको छ । चीनको दक्षिण पश्चिम प्रान्त सिचुआनको जंगलमा भीषण आगो लागेको हो ।

यस भीषण आगलागीमा अहिलेसम्म १९ जनाको ज्यान गएको छ । त्यसमध्ये १८ जना फायरफाइटर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनको सरकारी मिडियाका अनुसार सोमवार स्थानीय समयानुसार ३ बजेर ५२ मिनेट जाँदा आगो लागेको थियो । यो आगो त्यहाँको पहाड र जंगलमा फैलिएको बताइएको छ ।

यसबेला चीनको मौसम गर्मीमय रहेको छ । त्यसैले पनि आगोले धेरै क्षति गरेको हुनसक्ने अनुमान लगाईएको छ ।

आजभन्दा एक वर्ष अगाडि पनि त्यहि जंगलमा आगो लागेको थियो जसका कारण आगो निभाउने क्रममा २७ दमकल कर्मी सहित ३० जनाको मृत्यु भएको थियो ।