चीनको कारखानामा विस्फोट, ४ को मृत्यु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चीनको कारखानामा विस्फोट, ४ को मृत्यु



एजेन्सी – चीनको दक्षिणी भागमा एक रासायनिक कारखानामा विस्फोट हुँदा चारजना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अरू ६ जना घाइते भएको बताइएको छ । घटना ग्वाङ्शी प्रान्तको युलिनमा भएको हो ।

पाँच टन विषालु पदार्थ भएको रियाक्टरका कारण विस्फोट भएको बताइएको छ ।

घटना बिहान सबा ११ बजे भएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

विस्फोटका कारण आगो नलागेको स्थानीय अग्निनियन्त्रक निकायले बताएको छ । उसले आठवटा दमकल र ३८ जना अग्निनियन्त्रलाई घटनास्थलमा खटाएको छ ।

विस्फोटको कारणका बारेमा अनुसन्धान भइरहेको छ ।