चीनको चमत्कार: एकैदिन १४ लाख ७० हजार बढीको कोरोना परीक्षण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चीनको चमत्कार: एकैदिन १४ लाख ७० हजार बढीको कोरोना परीक्षण



एजेन्सी- चीनको वुहानमा एकै दिन करिब १५ लाख मानिसको कोरोना भाइरसको परीक्षण गरिएको छ । समाचारमा जनाइएअनुसार एकै दिन १४ लाख ७० हजारभन्दा बढी व्यक्तिको एकै दिन परीक्षण गरिएको हो ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको थियो । त्यसयता महामारीका रुपमा बढेको यो भाइरस विश्वभर फैलिएको छ भने मानव जगतलाई नै त्राहिमाम् बनाइरहेको छ ।

वुहानमा पछिल्ला दिन अवस्था राम्रो भएपनि चीन सरकारले त्यहाँ दुई हप्ताका बीचमा सबै वुहानवासी अर्थात् सवा करोड मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

कारोवार र शैक्षिक प्रतिष्ठान खोल्नुपूर्व यो जाँच आवश्यक भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । यसक्रममा कस्ेमा कोरोना भाइरस रहेछ भने पनि पत्ता लाग्ने उनीहरुको भनाइ छ ।

यसै सिलसिलामा विहीबार १० लाख मानिसको परीक्षण गरेका उनीहरुले १८ मे मा करिब ५ लाख मानिसको जाँच गरेका थिए । लाखौं मानिसको जाँच गर्दा पनि त्यहाँ कोभिड–१९ को कुनै पनि संक्रमित फेला नपरेको पनि जनाइएको छ ।

चीनमा कोरोना संक्रमित ८४ हजार रहेकामा ४६ सय मानिसले ज्यान गुमाएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।