चीनमा छ रेक्टरको शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चीनमा छ रेक्टरको शक्तिशाली भूकम्प



एजेन्सी । चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.० रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्पले ठुलो क्षती भएको हुनसक्ने सञ्चार माध्यमहरूले जनाएका छन ।

भूकम्पबाट जनधनको के कति क्षति भयो त्यसबारे विस्तृत विवरण आइसकेको छैन ।