भारतले अतिक्रमण गरेको लिपुलेकमा चीनले बढायो सैन्य गतिविधि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतले अतिक्रमण गरेको लिपुलेकमा चीनले बढायो सैन्य गतिविधि



एजेन्सी । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।

चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पिएलए) को एउटा बटालियन नै लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय मिडियाले प्रमुखताका साथ समाचार सार्वजनिक गरेका छन् ।

भारतीय सुरक्षा अधिकारीलाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमले नेपालसँगको विवादको समयमा चीनले एक बटालियन सुरक्षाकर्मी तैनाथ गर्नूलाई अर्थपूर्ण भनेर टिप्पणी गरेका छन् ।

नेपालको गम्भीर आपत्ति भए पनि भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । यहीँ विवादकाबीच चीनले उक्त क्षेत्र नजिकैको आफ्नो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरेको छ ।

नेपालको भूमि आफ्नो नक्सामा राखेपछि भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नक्सा प्रकाशित गरेको थियो । त्यसपछि नेपाल र भारतबीचको संवादहीनताको अवस्था छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि कालापानी नजिकै सशस्त्र प्रहरी पनि तैनाथ भएको छ । चीनले लिपुलेक नजिकै झण्डै १ हजार सुरक्षाकर्मीसहित बटालियन नै स्थापना गरेको छ ।