चीनले बाटो बिरायो, दुर्घटनामा फस्छ : प्रदिप गिरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चीनले बाटो बिरायो, दुर्घटनामा फस्छ : प्रदिप गिरी



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले चीन माओवादलाई छाडेर पुँजीवादको अन्धानुकरण गरेर आत्मघाती बाटोमा हिँडेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा वीपी कोइरालाको समाजवादी दृष्टिकोणका बारेमा चर्चा गर्दै उनले चीनले माओ त्से तुङले देखाएको बाटो छाडेको आरोप पनि लगाए । उनले यहि बाटोले चीन दुर्घटनामा फस्ने समेत बताए ।

उनले विकासका क्रममा मानिसलाई साधन होइन, साध्यका रुपमा लिनुपर्ने विचार कांग्रेसका संस्थापक वीपी कोइरालाले दिएको भन्दै विकासबारे वीपीको अवधारणालाई सम्झन आग्रह गरे । वीपीले समाजवादी संघ नै स्थापना गरेको र नेपालको संविधानमा पनि समाजवादउन्मुख लेखिएको भन्दै उनले संसदले वीपीप्रति श्रद्धा र आभार व्यक्त गर्नुपर्ने बताए ।

विश्व समाजवादको राजधानी सोभियत युनियन भंग भएको र चीनले माओवादलाई छोडेर पुँजीवादको अन्धानुकरण गरेको भन्दै उनले अब पुँजीवाद र पुँजीवादको नक्कलले नचल्ने भन्दै वीपीले देखाएको वैकल्पिक बाटोतर्फ सोच्नुपर्ने धारणा राखे ।