यस्तो छ वुहानमा कोरोना उपचारका लागि बनाएको हजार शैयाको अस्पताल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो छ वुहानमा कोरोना उपचारका लागि बनाएको हजार शैयाको अस्पताल



एजेन्सी- चीनको वुहान शहरमा कोरोनाभाइरसको उपचारका लागि बनाइँदै गरेको अस्पताल बनाउन थालेको पाँच दिन भएको छ ।

टाइम्स ल्याप्स फूटेजमा अस्पतालले आकार लिन थालेको देखिन्छ ।

हुओशेनशान वा फायर गड माउन्टेन हस्पिटल वुहानको पश्चिमी भागमा रहेको छ । नोवल कोरोनाभाइरसको संक्रमण वुहानबाटै शुरू भएको हो ।

अधिकारीहरूले चारवटा निर्माण कम्पनीहरूलाई एक हप्ताभित्र एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिएका छन् ।

सोमवारबाट अस्पतालमा बिरामी हेर्न थालिने सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चीनले कोरोनाभाइरसको विस्तार रोक्नका लागि कम्तीमा चारवटा अस्पताल बनाइरहेको छ ।

वुहानमा दुईवटा अस्पताल द्रुत गतिमा बन्दैछन् भने नजिकै रहेको हुआङगाङ शहरमा एक र हेनान प्रान्तको झेनझोउमा अर्को अस्पताल बनाइँदैछ ।

पिपुल्स डेलीले सार्वजनिक गरेको ड्रोन फूटेजमा ट्रक, खन्ने उपकरण र मजदूरहरू पूरै खटिएर काममा लागेको देखिन्छ अनि दर्जनौं शिपिङ कन्टेनरहरू एकातिर राखिएको देखिन्छ ।