कोरोनाविरुद्धको लडाई जित्न चीनले यतिसम्म गर्‍यो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कोरोनाविरुद्धको लडाई जित्न चीनले यतिसम्म गर्‍यो



एजेन्सी- सिंगो विश्व कोरोना भाइरससंग जुझिरहेको छ । सबैतिर लकडाउन छ । तर, पनि यसबाट मृत्यु हुने र सङ्क्रमित हुनेको संख्यामा लगातार वृद्धि भइरहेको छ । यता जहांबाट यो भाइरस सुरु भएको थियो त्यहां भने यो अन्त्यको अवस्थामा पुगेको छ ।

चीनको वुहान शहरमा अब कोरोनाको नयां बिरामी लगभग समाप्त नै भएको छ । यस्तो अवस्थामा सवाल उठ्न सक्छ कि चीनले आखिरमा त्यस्तो के ग-यो जसका कारण चीनमा यसको कालचक्र टुट्ने अवस्थामा पुग्यो ? के चीनले गरेको उपायबाट यसलाई रोक्न सकिन्छ ? के हो कोरोनामाथि जीतको चिनियां फर्मुला ?

कोरोनाभाइरसमाथि चीनको जीत

चीनको हुबेई प्रान्तको वुहान शहर २३ फ्रेबुअरी अर्थात विगत २ महिनादेखि लकडाउन रहदै आएको छ । वुहान शहरबाट पहिलो पटक गत डिसेम्बरमा कोरोनाको भाइरसको जन्म भएको थियो ।

जहां यो महामारीले सबैभन्दा पहिला तबाही मच्चाएको थियो । वुहानमा घर घरबाट कोरोनाका बिरामी निक्लिएका थिए, त्यहां अब कोरोना भाइरसको प्रभाव लगभग समाप्त भएको छ र जनजीवन सामान्ये अवस्थामा फर्केको छ । चीनमा अब विदेशबाट फर्कनेमा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

चीनले कसरी जित्यो कोरोनाको युद्ध ?

कोरोनाको तेस्रो र चौथो चरणमा पुगिसकेको चीनको वुहान शहरमा विगतका केही दिनमा फाट्टफुट्ट संक्रमण मात्रै देखिएको त्यहांको स्वास्थ्य मन्त्रालयले दावी गरेको हो । यद्यपि वुहान शहर बाहिर कोरोनाका घटना फाट्टफुट्ट नै आएको थियो ।

चीनमा फैलिएको यो महामारीको दृष्टिकोणबाट यो केहीपनि होइन । यो आंकडा अत्यन्त कम हो । आखिरीमा चीनले त्यस्तो के ग¥यो, जसका माध्यमबाट उ यो महामारी अन्त्य गर्नका लागि सफल भयो ?

चीनमा हालसम्म कोरोनाको करीब ८२ हजार केस देखा परेको छ । जसमा मृत्यु हुनेको संख्या ३३ सय रहेको छ । तर अचम्म लाग्दो कुरा के छ भने यहां ७४ हजार मानिस ठीक भएर घर पनि फर्केका छन् ।

अब कुरा गरौ वुहानको । चीनको हुबेईको राजधानी विगत २३ जनवरीदेखि बन्द रहेको थियो । तर यती ठूलो संख्यामा कोरोनाभाइरसको बिरामीमा सुधार आएपछि चीनले पुनः यो शहर खोल्ने तयारी गरेको छ । यसको अर्थ यो हो कि चीनले कोरोनाको आपतकालिन अवस्थामाथि नियन्त्रण कायम गरेको छ ।

चीनले यो महामारीमाथि कसरी नियन्त्रण कायम ग¥यो भन्ने बुझ्न पछिल्ला २० देखि ३० दिनको अवधिमा चीनको सरकारले गरेको कारबाही नियाल्न आवश्यक छ । यो अवधिमा चीनले लकडाउन बाहेक अन्य गतिविधि समेत गरेको थियो । सुरुमा चीनले वुहानमा के भएको थियो भन्ने भान समेत पाएन ।

बिरामीको बढ्दो संख्या र चिकित्सकको जांचबाट वुहानमा कोरोनाभाइरस फैलिएको पत्ता लाग्यो । चीनले वुहानलाई देशका अन्य भागसंगको सम्बन्ध कटौती ग¥यो र करीब साढे पांच करोड मानिसलाई घरबाट बाहिर निस्कनबाट नै प्रतिबन्ध लगायो । सुरुमा चीनले वुहानमा स्यानिटाइजर छर्किन सुरु ग¥यो ।

चीनले तत्काल वुहानमा एक मजबुत स्वास्थ्य सिस्टमा तयार ग¥यो । अवस्थालाई मध्यनजर गर्दै छोटो अवधिमै चीनले अस्पताल बनायो । प्रत्येक नागरिकलाई उनीहरुको यात्राको विगतबाट अलग गरियो । चीनमा सबैलाई मास्क लगाउन अनिवार्य गरियो । सरकारले सोशल मीडियामा कोरोनाको बिरुद्धमा अभियान नै चलायो ।

जागरुकताका लागि पुरै देशमा एक ठूलै कार्यक्रम चलाइयो । त्यंहा स्कुल, रंगशाला, कलेजलाई अस्थायी रुपमा अस्पतालमा परिवर्तन गरियो । मल, सिनेमा हल, राष्ट्रिय र राज्य राजमार्गलाई तत्काल प्रभावमा आउनेगरी रोकियो । जसमा एक ठाउंदेखि अर्को ठाउंसम्मको आवतजावतलाई बन्द गरियो ।

यसरी चीनले कोरोना बिरुद्धको लडाईं जित्यो । सुरुमा सवैले चीनको विरोध गरेपनि जव चीनले परिस्थितीलाई कावुमा लियो आज अमेरिका र युरोपजस्ता देशले समेत चीनबाट सिक्नुपर्ने बताइरहेका छन् ।