चीनले भारतमाथी किन आक्रमण गर्न सक्दैन ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चीनले भारतमाथी किन आक्रमण गर्न सक्दैन ?



पछिल्ला केही दिन यता भारत र चीनबीचको तनाव बढ्दो छ । कतिपयले यसका कारण युद्धको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
भारत र चीनबीच डोक्लाम सीमामा जारी विवादका विषयमा एसियाका थुप्रै देशको सञ्चारमाध्यममा यो विषयमा चर्चामा रहेको छ ।

जापानको सञ्चार माध्यमले पनि चीन र जापानको विवादको यो विषयलाई समेटेको छ ।
जापानको निक्केई ‘एसियन रिभ्यूले’ भारत–चीन तनावमाथि एक रिपोर्ट प्रकाशित गरेको छ ।

निक्केईले दुवै देशमा सैन्य शक्तिकाबीच अन्धराषट्रवाद विकसित भएको देखिन्छ । यो तनावको असर चिनियाँ राष्ट्रपति सी जिन पिङ को पुन सत्तामा रहने कोसिसमाथि प्रभाव पर्ने छ ।

जब विश्वशक्तिहरु एक आपसमा भीडे

पछिल्लो आइतबार चीनले भित्री मंगोलियाको स्वायत्त इलाकामा जनमुक्ति सेनाको ९० वर्ष पूरा हुँदा विशाल सैन्य परेडको आयोजना गरेको थियो । उक्त परेडमा चीनले आधुनिक सैन्यशक्तिको प्रदर्शन गरेको थियो ।

जनमुक्ति सेनाको वास्तविक ९० औँ वर्षगाँठ मङ्गलवार थियो । निक्केईका अनुसार, एक चिनियाँ पोष्टरमा लेखिएको थियो, ‘बेइजिङमाथि यत्तिकै पनि कब्जा हुँदैछ । हामीसँग भारतीय बन्नुको कुनै विकल्प छैन ।’

निक्केइका अनुसार, एक इन्टरनेट प्रयोगकर्ताले लेखे, ‘हामीले निकै गर्वसहित आफ्ना शक्तिशाली हतियारको प्रदर्शन ग-याैं तर पनि हामी भारतीय सेनालाई हटाउन सक्दैनौं ?’

भारत–चीन तनावको विषयमा जापान टाइम्सले पनि रिपोर्ट छापेको छ । जापान टाइम्सका अनुसार, भुटान संसारको सबैभन्दा सानो देशमध्येको एक हो र चीन उसको सीमा अतिक्रमण गरिरहेको छ । चीनले उक्त इलाकामा सामरिक रूपमा महत्त्वपूर्ण सडक बनाइरहेको छ भन्दै जापान टाइम्सले लेखेको छ ।

जापान टाइम्स भन्छ, ‘भारत र भुटानबीच सुरक्षाको विषयमा सम्झौता छ र यसै सम्झौता अनुसार दुवै देशका सैनिक आमने–सामने छन् । यो मामलामा चिनियाँ सरकारी मिडियाले भारतलाई युद्धको धम्की दिइरहेको छ । चीनले जसरी आफ्नो विस्तार गरिरहेको छ त्यसरी नै भुटानजस्तो सानो देशका लागि पनि आफ्नो कुरा भन्न सजिलो छैन ।

निक्केईले लेखेको छः दुई देशबीच गतिरोधको सुरुआत मध्य- जूनमा भयो । भारतका अनुसार, जनमुक्ति सेना डोक्लाममा एक सडक निर्माण गरिरहेको थियो । भुटान र चीन दुवैले यो इलाकालाई विवादित मान्दछन् । चीनले यो सीमामार्फत भारतलाई थप घेर्न चाहन्छ । सम्भवतः यो सडक निर्माणको उद्देश्य चिनियाँ सैन्य चौकी स्थापित गर्नु हो र भारत यसलाई आफ्ना लागि खतराको रूपमा हेरिरहेको छ ।

निक्केई मा लेखिएको छः भारतीय सेनाले जून महिनामा नै डोक्लाम सीमा पार गरेर सडक निर्माणमा बाधा पु-याको बताइएको छ । त्यसपछि नै दुई देशका सेना आमने–सामने छन् । चीनका अनुसार भारतले अवैध रूपमा चिनियाँ सीमा पार गरेको छ । भारतले आफ्नो सैनिकलाई डोकलामबाट फिर्ता बोलाउनुपर्ने चीनको माग छ । यता, भारतीय सेना डोक्लाम सीमाबाट फिर्ता हुन मानिरहेको छैन । चीनको दाबी अनुसार कुनै पनि देशले यस्तो गरेको छैन जस्तो डोक्लाममा भारतले गरिरहेको छ । अहिले चीनले बारम्बार धम्की दिँदै आएको छ र स्थिति सैन्य प्रतिक्रियाभन्दा बाहिरको छ ।’

२० वर्षको राष्ट्रवाद

निक्केईमा लेखिएको छः यस पटक भारतसँगको तनावमा चीन आक्रामक छैन । चीनका इन्टरनेट प्रयोगकर्ताले जुन पोस्ट लेखिरहेको छन् त्यसबाट यो स्पष्ट हुन्छ कि उनीहरूको देश यस पटक आक्रामक हुने छैन । पछिल्लो एक महिनादेखि अन्धराष्ट्रवादी चिनियाँ इन्टरनेट प्रयोगकर्तालाई लागिरहेको छ कि उनीहरूको देश भारतसँग डराएको छ । पछिल्लो २० वर्षको चीनको नीतिलाई हेर्ने हो भने यो राष्ट्रवादको वरिपरि रहेको छ ।

निक्केईले सन् १९९६ को एक आलेख सङ्कलनको उदाहरण दिएको छ । यो सङ्कलनमा एक लेखको शीर्षक थियो – चीन राष्ट्रियताको ‘बेस्ट सेलर’ बन्न अस्वीकार गर्नसक्छ । चिनियाँ नेतृत्वले समाजवादको प्रयोग गरेर देशभक्तिको भावनाको पूर्ण प्रयोग गरेको छ ।

निक्केईमा छापिएको छः‘चिनियाँ राष्ट्रपति धेरैजसो राष्ट्रवादको कुरा दोहो-उँछन् । चीनसँग पूर्वी र दक्षिणी चीन सागर मा पनि निकै विवाद र कलह छ । चीनले महत्त्वपूर्ण क्षेत्रीय हितका लागि आफ्नो कदम पछि नसार्ने स्पष्ट पार्दैै आएको छ । यस्तो परिस्थितिमा भारतीय सैनिकविरुद्ध जनमुक्ति सेना पछि हट्नु गलत बुझाई हुनसक्छ ।’

बीबीसीबाट