चीनमा ‘लेभी’ नामक नयाँ भाइरस भेटियो- यस्ता छन् लक्षण - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

चीनमा ‘लेभी’ नामक नयाँ भाइरस भेटियो- यस्ता छन् लक्षण



बेइजिङ- पूर्वी चीनमा जनावरबाट सर्ने नयाँ प्रकारको भाइरस फेला परेको छ । दर्जनौं जनामा संक्रमण भएपछि वैज्ञानिकहरूले यस्तो फेला पारेका हुन् ।

यस भाइरसबाट कम्तीमा दर्जनौँ मानिस संक्रमित भइसकेको बताइएको पुष्टि भएको छ । यो भाइरसबाट संक्रमितहरूमा ज्वरो आउने, थकान महसुस हुने र खोकी लाग्ने जस्ता लक्षणहरू देखिएका छन् ।

चीनको हेनान प्रान्तको सानदोंगमा लान्ग्या हेनिपाभाइरस (लेभी) नामक यस नयाँ भाइरसबाट ३५ जना व्यक्ति संक्रमित भएको पाइएको छ ।

उनीहरूमा अरु जनावरहरूबाट भाइरस सरेको हुनुपर्ने विश्वास गरिएको छ । लेभी मानिसबाट मानिसमा सर्छ कि सर्दैन भन्ने यकिन भइसकेको छैन ।

अनुसन्धानकर्ताहरूले विशेष गरी चुच्चो नाक भएका साना स्तनधारी प्राणीमा यो भाइरस फेला पारेका हुन् ।

चीन, सिंगापुर र अष्ट्रेलियाका अनुसन्धानकर्ताले फेला पारेको यस भाइरससम्बन्धी लेख यसै महिना न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको हो ।

यसको अनुसन्धानमा लागेकाहरूमध्ये एक सिंगापुरको ड्युक–एनयूएस मेडिकल स्कूलका वांग लिन्फाले लेभीका घटनाहरू अहिलेसम्म निकै गम्भीर वा प्राणघातक नदेखिएकाले आत्तिहाल्नु नपर्ने कुरा चीनको सरकारी अखबार ग्लोवल टाइम्सलाई बताएका छन् ।

तर, वांगले प्रकृतिमा भएका थुप्रै भाइरसहरूमध्ये जुनसुकैले पनि मानिसलाई संक्रमित गरेपछि त्यसबाट अकल्पनीय परिणाम पनि निस्कन सक्ने भएकाले सतर्क भने रहनै पर्ने पनि बताएका छन् ।

बीबीसीबाट ।