चीनले नेपालको १५ सय मिटर सीमा अतिक्रमण गरेको भारतको खुफिया एजेन्सीको रिपोर्ट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चीनले नेपालको १५ सय मिटर सीमा अतिक्रमण गरेको भारतको खुफिया एजेन्सीको रिपोर्ट



एजेन्सी- भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख नेपालमा विवादित भ्रमण गरेलगत्तै भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनले नेपालका सात जिल्लामा सीमा मिचेको रिपोर्ट बुझाएको छ ।

चीनसंग सीमा जोडिएका नेपालका सात जिल्लामा चीनले सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको भारतीय मिडियाहरूले समाचार प्रकाशित गरेका छन् ।

समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् । नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको बताइएको छ जसमा चीनले नेपालको जमिन हत्याएको कुरा उल्लेख गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको छ । यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ ।

हालै मात्र कृषि मन्त्रालयले एक रिपोर्ट जारी गरेको र नेपालका ७ जिल्लामा सीमा अतिक्रमण भएको समाचार प्रकाशित भएको थियो । यो सामाचार गलत भएको पुष्टि भइसकेको छ ।

भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ । नेपालले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ ।